एजेन्सी । क्यानडाले टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ ।
शुक्रबार भएको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो ।
क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा भने क्यानडाले बाजी मार्यो ।
पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गरिन् ।
स्विडेनकी नाथलिया र ओलिभियाले गोल गरिन् ।
पेनाल्टी अघि ३४ औं मिनेटमा स्टिना ब्लाक्सटेनिउसले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ६८ औं मिनेटमा जेस्सी फ्लिमीङले पेनाल्टीमा गोल गर्दै क्यानडालाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।

