एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले गोल बर्षा गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सर्बियाको रेड स्टार बेलग्रेडलाई पहिलो हाफमै ४ गोल गरेको छ ।
तीन मिनेटको अन्तरमा नेयमारले दुई गोल गर्दै पीएसजलाई सहज अग्रता दिलाएका थिए । २० औ मिनेटमा पहिलो गोल गरेका उनले २२ औ मिनेटमा दोस्रो गोल गरे ।
३७ औ मिनेटमा काभानीले गोल गर्दै पीएसजीलाई ३-० को स्थितीमा पु¥याए । एन्जल डि मारियाले ४१ औ मिनेटमा गोल गर्दै पहिलो हाफमै पीएसजीलाई ४-० को अग्रता दिलाएका छन् ।
समुह सीमा रहेको पीएसजी अंक विहिन छ । पहिलो खेलमा उसले लिभरपुलसंग पराजित भएको थियो ।