काठमाडौं । थ्री स्टार क्लबले डोना थापालाई आसन्न सहिद स्मारक 'ए' डिभिजन लिगका लागि अनुबन्ध गरेको छ ।
चोटका कारण घरेलु फुटबलमा पछिल्लो दुई वर्ष नदेखिएको डोनाले नयाँ सिजनका लागि थ्री स्टार क्लब रोजेका हुन् ।
उनले यस अघि मनाङ मर्स्याङ्दी क्लबबाट 'ए' डिभिजन लिग खेलाडी हुन् । डोनाले नयाँ सिजनको लिगका लागि थ्री स्टारमा आबद्ध हुने निर्णय लिएका हुन् ।
थ्री स्टारका अध्यक्ष अरुणमान जोशीले डोनालाई १० नम्बरको जर्सी दिएर टिममा स्वागत गरे ।
मनाङका पूर्व खेलाडी डोना चोटका कारण दुई वर्ष मैदान बाहिर रहे । जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा दोना ललितपुर सिटी एफसीबाट खेलेका थिए ।
उनले बी डिभिजन समेत खेले ।
उनले श्री भगवतीबाट पछिल्लो बी डिभिजन लिग खेलेका थिए । उनलाई थ्री स्टारले एक वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।
सम्झौतापछि डोनाले थ्री स्टारबाट खेल्ने लक्ष्य पूरा भएको बताए ।
'म सधै थ्री स्टारबाट खेल्न चाहन्थे । थ्री स्टारको प्रस्ताव मैले अस्विकार गर्न सकिन । प्रतिष्ठित क्लबको एक हिस्सा हुन पाउँदा अद्भुत महशुस गरेको छु,' उनले भने,'हामीसँग राम्रो टिम छ । हामी उपाधिको दाबेदार हौँ ।'

थ्री स्टारले राष्ट्रिय फुटबल टिमका खेलाडीहरु अनन्त तामाङ, सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई अनुबन्ध गरिसकेको छ । चार जनै खेलाडी आसन्न साफ र एसिया कपको अन्तिम छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छन् ।
क्लबले नयाँ सिजनका लागि युवा खेलाडी मिक्छेन तामाङ सहित डिफेन्डरद्धय जीवन गुरुङ र अशोक खवासको सम्झौता समेत नविकरण गरिसकेको छ ।
नयाँ सिजनको राष्ट्रिय लिग र ए डिभिजनका लागि थ्री स्टारले खेलाडी अनुबन्ध गर्ने क्रम जारी छ । क्लब नयाँ सिजन अझ ठुला अनुहारलाई अनुबन्धको तयारीमा छ ।
क्लबले कप्तान बिक्रम लामालाई समेत नयाँ सिजनका लागि सम्झौता नविकरणको प्रयास गरिरहेको छ । बिक्रम चोटको सल्यक्रिया गर्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन् ।
उनी पूर्ण फिट रहेको अवस्थामा आसन्न साफमा मौका पाउने एन्फाले जनाएको छ ।
याे पनि,
मिक्छेन, अशोक र जीवन थ्री स्टारमै बस्ने