एजेन्सी । इटालियन क्लब युभेन्ट्सको सिनियर टोलीलाई आईसोलेसनमा पठाईएको छ ।
मिडफिल्डर हाम्जा राफियालाई कोरोना भाईरसको संक्रमण देखिएसँगै सिनियर टोलीलाई आईसोलेसनमा राखिएको हो ।
ट्युनिसियाका राफिया पनि १० दिनको सेल्फ आईसोलेसनमा बसेका छन् । उनी गत साता टिमको प्रशिक्षणमा सामेल भएका थिए ।
युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको हुने जोन ग्याम्पर ट्रफीको तयारी गरिरहेको थियो ।
युभेन्ट्सले आगामी अगस्ट ८ मा बार्सिलोनासँग खेल्ने तालिका रहेको छ ।
राफियाले बार्सिलोनासँगको खेल समेत गुमाउने छन् ।