टोकियो ओलम्पिक : जापानलाई अमेरिकाले उछिन्यो

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा मंगलबार बिहान नेपाली समय १० बजेसम्म कुल ५६ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल २४ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकको पाँचौ दिन अमेरिकाले पदक तालिकामा अग्रता बनाएको छ । आयोजक जापानलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
अमेरिकाले ८ स्वर्णसहित कुल १९ पदक जितेको छ । सोमबारसम्म शीर्ष स्थानमा रहेको जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ ।
यस्तै चीनले ७ स्वर्णसहित कुल १९ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
रसियन ओलम्पिक टिम ५ स्वर्णसहित कुल १५ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ४ स्वर्णसहित कुल १० पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै अष्ट्रेलिया र दक्षिण कोरियाले ३/३ स्वर्ण जित्दा कोसोभोले २ स्वर्ण पदक जितेको छ ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


