• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सातदोबाटोले खोजेको उडान
खेलपाटी संवाददाता
आइतबार, साउन १०, २०७८ खेलपाटी संवाददाता
सातदोबाटोले खोजेको उडान

काठमाडौं । 'ए' डिभिजनमा उक्लिएका धेरै क्लब टिक्नै सक्दैनन् । शीर्ष डिभिजन खेल्ने अनुभव क्लबसँग हुदैन । क्लबको बजेट शीर्ष डिभिजन उक्लिनमै सक्किएको हुन्छ । क्लबलाई राम्रा खेलाडीले नि पत्याउँदैनन् । औसत टिम र सानो बजेटमा 'ए' डिभिजन टिक्न गाह्रो पर्छ । धेरै क्लब शीर्ष डिभिजनमा उक्लिने बित्तिकै तल झरेको उदाहरण धेरै छन् ।

यस पटक सातदोबाटो युथ क्लब 'ए' डिभिजनमा उक्लिएको छ । स्थापनाको झण्डै २१ वर्षपछि क्लब शीर्ष डिभिजनमा उक्लिएको छ । योसंगै ललितपुर जिल्लामै 'ए' डिभिजन खेल्ने क्लबको संख्या ६ पुगेको छ ।

सातदोबाटोको पहिलो चुनौती भनेकै यस सिजन 'ए' डिभिजनमा टिक्नु हो । 'बी' डिभिजनको बन्न क्लबले धेरै खर्च गर्यो । झण्डै तीन महिनाको अन्तरमा सातदोबाटो 'ए' डिभिजनको तयारीमा जुटेको छ । शीर्ष डिभिजनमा टिक्न ठुलै खर्च चाहिन्छ । सातदोबाटो आर्थिक व्यवस्थापन सहित नयाँ सिजनका लागि टिम निर्माणमा जुटेको छ ।

‘नयाँ क्लबलाई चुनौती छ । 'ए'मा उक्लिएपछि कसरी खेल्ने भनेर सोचेका थियौं । त्यही अनुसार तयारी अघि बढाएका छौं ।’ सातदोबाटोका अध्यक्ष कपिल राना मगरले खेलपाटीसँग भने ।

‘ठुलो चुनौती छ । अवसर पनि छ । त्यसका लागि तयारपनि छौं । यो देखाउने अवसर पनि हो ।’ उनी थप्छन् ।

नयाँ सिजनको लिग असोज ३ गतेबाट सञ्चालन हुँदैछ । कोभिड–१९ का कारण गत वर्ष लिग हुन पाएन । बरु ७७ सालमा प्रभावित बनेको 'बी' डिभिजनका बाँकी खेल सम्पन्न भए । सातदोबाटोले अन्तिम खेलमा आरसिटीलाई हराउँदै च्याम्पियन बन्यो ।

करिब ११ वर्ष 'बी' बाट शीर्ष डिभिजनमा उक्लिन सघर्ष गरेको उसले लिगमा मात्र एक खेल गुमाएको थियो । सातदोबाटोले ११ खेल मध्य ९ मा जित, १ मा बराबरी र १ खेल गुमाएको थियो । गत फागुनमा 'बी' डिभिजन च्याम्पियन बनेको सातदोबाटोले जितको खुसीयालीनै धेरै समय मनाउन पाएन । क्लब नयाँ सिजनको तयारीमा जुट्नुपर्ने बाध्यता थियो ।

May be an image of 8 people and people standing

‘बी बाट शीर्ष डिभिजनमा पुगेपछि धेरै समय पाएनौं । तीन महिना नबित्दै तयारीमा लाग्नैपर्ने थियो । सबै खर्च 'बी' खेल्दा भयो । फेरी शीर्ष डिभिजनमा उक्लिएपछि आर्थिक व्यवस्थापनका लागि दबाब परेको थियो । तर क्लबका सबैको सहयोगले राम्रो तयारी गर्न पाएका छौं ।’ अध्यक्ष मगरले भने ।

नयाँ सिजन सुरु हुँदै गर्दा सातदोबाटो खेलाडी सरुवा बजारमा आक्रमक तरिकाले प्रस्तुत भएको छ । लिग विजेता विदेशी खेलाडी पिटर सेगुनदेखि मार्टिनलाई अनुबन्ध गरेर सातदोबाटोले सबैलाई ‘चक्मा’ दियो । श्यान्सु भुसाल सहित उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका युवा खेलाडीको अनुबन्धले सातदोबाटो नयाँ सिजनमा ‘सरप्राइज’ टोलीको रुपमा रहनेछ ।

क्लब व्यवस्थापनको दाबी मान्ने हो भने, केही ठुला नाम अनुबन्धको अन्तिम चरणमा छ । खेलाडी सरुवा बजारमा क्लबले गरेको हस्तक्षपले नयाँ सिजन सातदोबाटोलाई हेर्न लायक टोली बनाएको छ ।

'ए' डिभिजनका सबै क्लब काठमाडौं र ललितपुरका छन् । ललितपुरमा मात्र 'ए' डिभिजन खेल्ने क्लबको संख्या ६ पुगेको छ । थ्री स्टार क्लबदेखि जावलाखेल, फ्रेन्ड्स, च्यासल, बिग्रड ब्वाइजको भिडमा सातदोबाटो समेत जोडिन आइपुगेको छ । शीर्ष डिभिजनमा टिक्नेदेखि ललितपुरले क्लबको भिडमा फरक पहिचान बनाउने चुनौती सातदोबाटोसामु छ ।

त्यसो भए सातदोबाटो के हिसाबले फरक छ त ?

क्लबको संरचना हेर्दा लाग्छ, यो मन मिल्ने मान्छेहरुको गठजोड हो । क्लब ५७ सालमा स्थापना भयो । झण्डै २१ वर्षको समय क्लबले पार गरेको छ । तर, सातदोबाटोमा अझै ८० प्रतिशत पदाधिकारी स्थापनाकालकै छन् । रोचक कुरा, क्लबमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुदै आएको छ । तेस्रो पटक नेतृत्वमा आएका कपिल सर्वसम्मत रुपमा भर्खरै अध्यक्ष चुनिएका छन् । कपिल यसैलाई क्लबको सबैभन्दा बलियो पक्ष मान्छन् ।

May be an image of 4 people, people standing and indoor

‘अहिलेका ८० प्रतिशत पदाधिकारी स्थापनाकालकै छन् । स्थापनाको २१ वर्षमा क्लबमा भोटिङ भएको छैन । सबै कुरा समझादारीबाटै हुदै आएको छ । लोकतान्त्रिक प्रणाली मान्छौं । तर निर्वाचनको आवश्यकता देखिएको छैन ।’ उनी भन्छन्, ‘क्लबको हितलाई अघि राख्छौं । त्यसपछि अरु कुरा आउँछन् ।’

सातदोबाटो सामाजिक युवा क्लब हो । यसले फुटबलमात्र खेल्दैन, अन्य सामाजिक कृयाकलापमा समेत सहभागी बन्छ । आधुनिक फुटबलको मर्म सामाजिक क्लबले समेट्न नसक्नेबारे बहश घरेलु फुटबलमा जारी छ । तर सामाजिक रुपमा गरिने कृयाकलापले क्लबको ‘गुडविल’ पनि बढ्नेतर्क कपिल गर्छन् ।

‘क्लबको विधानमा सामाजिक कृयाकलापलाई राखेको हुनाले सामाजिक काम धेरै गरेको छ । यसले क्लबको ‘गुडविल’ बढ्दो रहेछ । सामाजिक विकासमा योगदान पुर्याएको हुनाले क्लबले फुटबलमा समेत योगदान गर्न सकेको छ ।’ उनी भन्छन् ।

नेपालका 'ए' डिभिजन क्लबको मुख्य समस्या भनेकै आर्थिक हो । क्लबहरु व्यवसायीक बन्न सकेका छैनन् । स्रोतको अभाव यथावत छ । दिर्घकालिन रुपमा स्रोतको सुनिश्चितता गरि फुटबल खेल्ने क्लब थोरै छन् । सातदोबाटो शीर्ष डिभिजनमा टिक्न मात्र हैन, फैलिन चाहेको छ । फुटबलमा टिक्न र फैलनका लागि चाहिने स्रोतबारे क्लब जानकार देखिन्छ ।

‘फुटबलमा टिक्न स्रोतनै चाहिन्छ । सधै प्रायोजकको भर पर्ने कि स्रोत सुनिश्चित गर्ने भन्ने छलफलमा छौं । घर भाडा र एकेडेमी सञ्चालन गरेर स्रोत जुटाउने योजना बनाइरहेका छौं । कतै लगानी गरेर त्यसको प्रतिफलबाट क्लब सञ्चालनबारे सोचिरहेका छौं ।’ अध्यक्ष कपिल भन्छन् ।

May be an image of 8 people, people standing and indoor

पहिलो पटक 'ए' डिभिजनमा उक्लिएको सातदोबाटो दिर्घकालिन योजना सहित अघि बढ्न खोजेको कपिल बताउँछन् ।

यसपटक राम्रो पोजिसन हासिल गरेर आगामी ५ वर्षमा लिग जित्ने लक्ष्य सहित क्लब अघि बढिरहेको उनी सुनाउँछन् । सातदोबाटोले एकेडेमी संचालनका लागि लिटल एन्जल्स स्कुलसँग सम्झौता समेत गरिसकेको छ ।

‘नयाँ क्लब हो । चुनौती छ । तर हाम्रो टिम राम्रो छ । क्लबमा एकता छ ।’ कपिल भन्छन्, ‘टिक्ने मात्र हैन । एकपछि अर्को गरेर आगामी ५ वर्षमा लिग जित्ने लक्ष्य राखेका छौं ।’

'बी'बाट 'ए' डिभिजनमा गएको प्राय क्लब तल झर्ने गरेका छन् । सातदोबाटो योजना सहित फुटबलमा आएको दाबी गर्छ । गृहकार्य हेर्दा फुटबलमा सातदोबाटो ‘सिरियस’ देखिन्छ । योजना दिर्घकालिन बनाएको छ । तर यो सबै नयाँ सिजनको लिगमा क्लबले हासिल गर्ने नतिजामा भर पर्नेछ । 

May be an image of 9 people and people standing

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP