• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुरुबाट सुरुआत गर्दै रियल
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
सुरुबाट सुरुआत गर्दै रियल

काठमाडौं। रियल मड्रिडका नयाँ प्रशिक्षक जाबी आलोन्सोले आगामी सिजन ‘सुरुबाट सुरुआत गर्ने’ मनस्थितिमा रहेको बताएका छन्।

क्लब विश्वकपको गहिरो चापमा पर्दै जिम्मेवारी सम्हालेका आलोन्सोलाई बिहीबार पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँगको ४–० को लाजमर्दो हारले टोलीमा अझै सुधार गर्नुपर्ने धेरै कुरा रहेको प्रमाण देखाइदिएको छ।

सेमिफाइनलमा मेडलाइफ स्टेडियममा पराजित भएपछि आलोन्सोले भने,‘पीएसजी धेरै समयदेखि तयार हुँदै आएको टिम हो। हामी त अझै सुरुमै छौं।’

खेलको सुरुआती ९ मिनेटमै दुई गोल खाएर पछि परेको रियलले पहिलो हाफमै तेस्रो गोल खायो। दोस्रो हाफमा पीएसजीले चौथो गोल थपेर चेल्सीसँगको फाइनल सुनिश्चित गर्‍यो।

 ‘हामीसँग सुधारको निकै ठूलो सम्भावना छ,’ आलोन्सोले भने,‘आफैंप्रति आलोचनात्मक हुन जरुरी छ। यस्ता खेलहरूले भविष्यमा के सुधार गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिन्छ।’

आलोन्सोले गत मे महिनाको अन्त्यमा कार्लो एन्सेलोट्टीको स्थानमा रियलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन्। जर्मन क्लब बायर लेभरकुजेनमा दुई वर्षभन्दा बढी सफल समय बिताएका उनले अब स्पेनिस जायन्टसँग नयाँ अध्याय सुरु गरेका छन्।

गत सिजन रियललाई ला लिगा र कोपा डेल रे दुवैमा बार्सिलोनाले पछि पार्दै उपाधि जितेको थियो। च्याम्पियन्स लिगमा भने क्वार्टरफाइनलमा आर्सनलसँग हार बेहोर्‍यो।

‘हामीलाई राम्रोसँग बुझ्न समय लाग्नेछ। हामी कहाँ जान चाहन्छौं र त्यहाँ पुग्ने बाटो के हो भन्ने कुरा अझैं स्पष्ट हुन जरुरी छ,’ आलोन्सोले भने,‘पीएसजी अहिले निकै उचाइमा छ। हामी भने सिक्ने प्रक्रियामा छौं।’

रियलले क्लब विश्वकपको समूह चरणमा साउदी क्लब अल–हिलालसँग बराबरी खेलेको थियो। युभेन्ट्स र बोरुसिया डर्टमन्डलाई हराएर सेमिफाइनल पुगेको रियल फ्रान्सेली क्लब पीएसजीसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिको हो। यो खेलमा कमजोरी प्रस्ट देखियो।

यस प्रतियोगितामा आलोन्सोले आफ्नो रणनीतिक लचकता देखाउँदै कहिले फोर–ब्याक त कहिले थ्री–सेन्टर–ब्याकको प्रयोग गरे। केलियन एमबाप्पे पेटको संक्रमणका कारण समूह चरणमा मैदानमा उत्रिएनन्। 

यद्यपि, टिममा केही सकारात्मक कुरा पनि देखिए। नयाँ साइनिङ ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्ड र डिन हुईसेनले क्लबका लागि पहिलो खेल खेले। युवा फरवार्ड गोन्जालो गार्सियाले पाँच खेलमा चार गोल गर्दै सबैको ध्यान ताने।

क्लब विश्वकपको खेल्न अमेरिकासम्मको यात्रा गरेका युरोपेली टोलीले नयाँ सिजनको तयारी गर्न धेरै समय पाउने छैनन्। आलोन्सोको ला लिगा प्रशिक्षकको सुरुआती खेल अगस्ट १९ मा ओसासुनाविरुद्ध घरेलु मैदानमा तय गरिएको छ। उक्त खेल सार्न रियलको प्रयास जारी छ।

त्यसले गर्दा खेलाडीहरूले छोटो ब्रेकपछि आलोन्सोसँग पूर्ण प्रि–सिजन तयारी गर्नुपर्ने भएको छ। यसैबीच, अर्जेन्टिनी किशोर स्टार फ्रान्को मास्तान्तुओनो (१७) रिभर प्लेटबाट ६३ मिलियन युरोमा आबद्ध हुँदैछन्। उनी नयाँ सिजनका लागि टोलीमा आबद्द हुनेछन्।

‘२०२५/२६ को सिजन अगस्टबाट सुरु हुँदैछ। अब सबै कुरा नयाँबाट सुरु हुनेछ,’ आलोन्सोले अन्त्यमा भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
एक युगको अन्त्य
एक युगको अन्त्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP