काठमाडौं। नेपाली राष्ट्रिय पुरुष टोलीको फिफा वरीयता खस्किएको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल खस्किएको हो।
नयाँ वरीयतामा नेपाल १७६औं स्थानमा छ। यसअघि नेपाल १७५औं स्थानमा थियो।
नेपालीले पछिल्लो समय दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो। गत ५ जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपालले एएफसी एसियन कप छनोटमा लाओससँग पहिलोपल्ट २–१ को हार बेहोरेको थियो।
क्षिण एसियाली फुटबल महासंघ (साफ) मा भारत शीर्ष स्थानमा छ। भारत ६ स्थान तल खस्किँदै १३३औं स्थानमा पुगेको छ। भारतभन्दा पछि माल्दिभ्स १७१औं स्थानमा छ।
बंगलादेश १८४, भुटान १८६, श्रीलंका १९६ र पाकिस्तान २०१औं स्थानमा छ।