एजेन्सी । साविक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डले रग्बी लिग विश्वकप नखेल्ने भएका छन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डले बिहीबार विश्वकपबाट नाम फिर्ता लिएका छन् ।
कोरोना भाईरसको महामारीको कारण देखाउदै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप नखेल्ने निर्णय गरेको हो ।
यस अघि दुबै राष्ट्रले विश्वकप २०२२ सम्मको लागि सार्न आग्रह गरेको थियो ।
इंग्ल्यान्डमा आयोजना हुने रग्बीको विश्वकप अक्टोबर २३ देखि नोभेम्बर २७ सम्म हुनेछ ।
दुई राष्ट्रले नाम फिर्ता लिएसँगै अब विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।