एजेन्सी । इंग्लिस क्लब लेष्टर सिटीले युवा मिडफिल्डर बुबाकरी सुमालाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिग क्लब लेष्टरले फ्रेन्च क्लब लिलबाट बुबाकरीलाई अनुबन्ध गरेको हो ।
लेष्टरले १७ मिलियन पाउण्डमा फ्रेन्च मिडफिल्डलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले लेष्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी २०२६ सम्म लेष्टरमा रहने छन् ।
बुबाकरीले गत सिजन लिलका लागि ४० खेल खेलेका थिए ।
गत सिजन लिलले फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।
