• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
वर्ष समिक्षा : आकार खोज्दै भलिबल
गिता राई
मंगलबार, चैत ३१, २०७७ गिता राई
वर्ष समिक्षा : आकार खोज्दै भलिबल

काठमाडौं । भलिबलका लागि वर्ष २०७७ मिश्रित रह्यो । कोरोनाका कारण देश लकडाउनमै रह्यो । जसका कारण खेलकुद समेत ठप्प बन्यो । सरकारले लकडाउन खुल्ला गरेपनि खेलकुद चलायमान हुन सकेन । तर मोफसलका भलिबलका प्रतियोगिताले गति लिए । वर्षको सुरुवातमै कार्यकाल सकिएपनि नयाँ निर्वाचन हुन नसक्दा पुरानै कमिटिले भलिबल संघ सञ्चालन गरिरहेको छ ।

भलिबल राष्ट्रिय खेल बनेपनि यस खेलको विकास र स्तर बढ्न सकेको छैन । संघको संरचनागत र व्यवस्थापकीय सुधार हुन नसक्दा भलिबलको सम्भावना आशलाग्दो छैन । नेपाल भलिबल संघको संरचना र व्यवस्थापकीय थुप्रै कमजोरी छन् । देशका ७७ वटै जिल्ला सदस्य रहेपनि अधिकांश निष्कृय छन् । भलिबल खेलको प्राविधिक र ग्रासरुटको विकासमा संघले योजना बनाउन सकेको छैन ।

भलिबलको समग्र विकासमा यसको नेतृत्व गम्भिर देखिदैन । भलिबललाई व्यवस्थित र व्यवसायीक बनाउने संघको कुनै रणनीतिक योजना छैन । भलिबल आकार लिन खोज्दैछ । तर नेतृत्व त्यसका लागि तयार देखिदैन । तर नेपालको भलिबलले सम्भावना देखाईरहेको छ । पछिल्ला एक वर्षमा भलिबलका केही सकारात्मक संकेत देखिएका छन् । जो यस प्रकार रहेका छन् ।

प्रतियोगिताको बाढी

लकडाउन सकिएसंगै भलिबलका प्रतियोगिता सञ्चालनमा आए । जसले खेलाडीलाई खेलमा फर्कन निकै मद्दत गर्यो । प्रतियोगिता लगातार भए । जसले गर्दा खेलाडी घाईते पनि भए । पर्याप्त आराम पाएनन् ।

माघमा टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिप भयो । पोखरामा भएको यस प्रतियोगिता माघ २७ देखि फागुन १ गतेसम्म सञ्चालन भयो । लगत्तै कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा मुख्यमन्त्री कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भयो । त्यसको एक हप्तामा नेपालगञ्जमा फागुन १७ देखि २१ गतेसम्म प्रधानमन्त्री कप भलिबल प्रतियोगिता आयोजना भयो ।

यस्तै, चैत ४ देखि ७ गतेसम्म दोस्रो इलाम आमन्त्रित लिग पुरुष भलिबल प्रतियोगिता भयो । वर्षको अन्तिम महिना नेपाल भलिबल संघको आयोजनामा राजधानीमा पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप सम्पन्न भयो । चैत १९ देखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगितालाई संघले सफलतापुर्वक सम्पन्न गर्यो । यसबीचमा थुप्रै साना–ठुला प्रतियोगिता वर्षभरी सञ्चालनमा आए ।

प्रतियोगिताको तालिका व्यवस्थित नहुदाँ खेलाडी घाईते हुने गरेका छन् । जसले गर्दा उनीहरुले निको हुने पर्याप्त समय पाउन सकेका छैनन् । खेलाडीलाई प्रतियोगितासंगै आरामको निकै आवश्यकता पर्छ । तर माघदेखि चैतसम्म मात्र तीन महिनामा प्रतियोगिताको बाढीनै छ । एक पछि अर्को प्रतियोगिताले खेलाडीलाई फाईदा भन्दा बेफाईदा गरेको देखिन्छ ।

प्रशारण अधिकारबाट आम्दानी

नेपाल भबिलल संघले पहिलोपल्ट प्रत्यक्ष प्रशारण अधिकारमार्फत केही रकम आर्जन गर्यो । उसले आरबीबी एनभीए क्लब च्याम्पियनको प्रशारण अधिकार मिडिया हबलाई ३ लाखमा बेच्यो । यसअघि क्रिकेट र फुटबलले मात्र प्रशारण अधिकार बेच्ने गरेका थिए । यसका भलिबल थपिएको छ ।
भलिबलमा अब सबैको आकर्षण बढेको छ । यस खेललाई देखाउनका लागि संस्थाहरु पैसा हाल्न तयार देखिएका छन् । अन्तत यसले भलिबलको व्यवसायीकरणमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ ।

भलिबल टिमलाई प्रायोजक

स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले पहिलोपटक राष्ट्रिय भलिबल टिमलाई प्रायोजन गरेको छ । पहिलोपटक संघले राष्ट्रिय टिमलाई दुई वर्षका लागि केल्मीसंग प्रायोजन सम्झौता गरेको छ । सम्झौता रकम नखुलाएपनि केल्मीले भलिबल संघलाई २ सय ५० वटा बल, महिला र पुरुष टिमलाई २०–२० सेट ट्रयाक सुट, अफिसियल जर्सी, जुत्ता, मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ । केल्मीले यसअघि राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गर्दै आएको थियो । भलिबललाई सहयोग गर्न केल्मी आफै अग्रसर भएर आएको हो ।

विभागीय टिमको खस्कदो खेल

घरेलु भलिबलमा एकछत्र राज गरेका विभागीय टोलीले यसवर्ष भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । महिलामा एपीएफको एकतर्फी दबदबा थियो । तर यस वर्ष एपीएफको महिला टिमको प्रर्दशन निकै फितलो रह्यो ।

राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफलाई पुलिसले टाइगर कपको फाईनलमा पराजित गर्दै उपाधि उचाल्यो । तर त्यसको बदला एपीएफले पीएम कपमा लियो । विभागीय टिमलाई कडा चुनौती दिने गरेको न्यु डाइमण्डले पुलिसलाई पनि पराजित गरेको थियो । साथै, एनभीए क्लब च्याम्पियनसिपमा साबिकको विजेता एपीएफलाई न्यु डाइमण्डले पराजित गर्दै उपाधि उचाल्यो । डायमण्डले एपीएफलाई ३–१ को सेटमा हराएको थियो ।

पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीको हबिगत समेत उस्तै रह्यो । आर्मीलाई गण्डकी प्रदेशले ३–१ को सेटमा हराउँदै टाईगर कपको च्याम्पियन बनेको थियो । भलिबलमा विभागीय टिमको दबदबालाई यस वर्ष बाहिरका टिमले तोडेका छन् ।

उत्कृष्ट पुनरागमन

सोचिन्छ, चोट लागेपछि खेलमा पुनरागमन गर्न निकै गाह्रो हुन्छ । र प्राय खेलाडी चोट बोकेपछि खेलमा फर्कदैनन् । तर यसलाई भलिबलका दुई खेलाडीले यसवर्ष गलत सावित गरिदिए । ती थिए, प्रतिभा माली र कामना विष्ट ।

सानै उमेरबाट घरेलु भलिबलमा आफुलाई स्थापित गरेका खेलाडी हुन्, प्रतिभा । चोटका कारण करिब एकवर्ष कोर्ट बाहिर रहेकी प्रतिभाले चोटपछि टाईगर कपबाट पुनरागमन गरेकी थिईन् । गतवर्ष आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा घाइते भएकी प्रतिभाले यसपटक भने सोही प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै टिमलाई उपाधि दिलाईन् । उनले उपाधिसंगै आफुलाई समेत प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनाउन सफल भईन् ।

कामना विष्ट, नेपाल पुलिसकी एक उत्कृष्ट स्पाइकर हुन् । भबिललमा उदयमान खेलाडीको रुपमा आफुलाई चिनाएकी कामना चोटका कारण करिब साढे दुई वर्ष कोर्ट बाहिर रहिन् । तर उनले पनि चोटलाई हराउँदै टाईगर कपबाट खेलमा पुनरागमन भईन् । एथ्लेटिक्स खेलाडी समेत रहेकी कामना भलिबलकी भविष्य हुनसक्ने धेरैको अनुमान छ ।

निर्वाचनमा राखेपको बाधा

नेपाल भलिबल संघको कार्यसमितिको कार्यकाल सकिएको एकवर्ष बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन । नयाँ ऐनको कारण देखाउँदै राखेपले भलिबल संघ सहित अन्य धेरै संघको निर्वाचन रोकेर राखेको छ ।

गतवर्ष जेठमा हुनुपर्ने संघको निर्वाचन कोभिडका कारण रोकिएको थियो । तर लकडाउन खुल्ला भएको लामो समय बितिसक्दा समेत निर्वाचन हुन सकेको छैन । नयाँ ऐनका कारण निर्वाचनमा ढिलाई भएको संघको पदाधिकारीहरु बताउँछन् । यसले गर्दा भलिबल संघ जस्तो जिवन्त संस्थाको लोकतान्त्रिक प्रकृयामा असर गरेको देखिन्छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP