लुम्बिनी फुटसल रुपन्देही फुटसल लिगमा छनोट
शनिबार, २१ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । लुम्बिनी फुटसल रुपन्देही पोखरामा आयोजना हुने 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि छनोट भएको छ ।
शनिबार भएको फाइनलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ७-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी लिगका लागि छनोट भएको हो । लुम्बिनी फुटसलले अब सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै फुटसल लिग खेल्नेछ ।
लिगमा छनोट भएसँगैलुम्बिनी तयारी खर्च स्वरुप समान १ लाख पाएको छ ।
फुटसलको 'ए' डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुनेछ ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।












-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
