क्रोएसियाको सहज जित
बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा क्रोएसियाले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे ।
खेलको ६२ औं मिनेटमा पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
७६ औं मिनेटमा मोड्रिचले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा जोसिपले गोल गर्दै क्रोएसियालाई ३-० को जित दिलाए ।
जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ ।
क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ ।
माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्लोभाकियाले रुसलाई २-१ ले हराएको छ ।









%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


