वेल्सको जितमा जेम्सको गोल
२०२१ मार्च ३१, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा वेल्सले साँघुरो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा वेल्सले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
वेल्सको जितमा डानिल जेम्सले निर्णायक गोल गरे । जेम्सले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि दुबै टिम १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४९ औं मिनेटमा पाट्रीक स्चिच्कले रातो कार्ड पाएपछि चेक रिपब्लिक १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेलको ७७ औं मिनेटमा कोनोर रोबर्ट्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा वेल्स पनि १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै वेल्सले २ खेलमा ३ अंक जोडेको छ । वेल्स समूह ईको तेस्रो स्थानमा रहेको छ ।
चेक रिपब्लिक ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।