मंगोलियाको पोस्टमा जापानको १४ गोल !
२०२१ मार्च ३०, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत एसियाको छनोटमा जापानले फराकिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको हो ।
जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे ।
ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।
यस जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।
मंगोलिया ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।