काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेड पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दिया क्लवबाट वाकओभर पाएर मासा सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनल खेल खेल्न दिया क्लब खेल्न नआएपछि मासालाई विजयी गरिएको थियो ।
अब मासाले अन्तिम चारमा हाइल्याण्डर्ससँग खेल्नेछ । हाइल्याण्डर्सले हाजारा एकेडेमीलाई हराएको थियो ।
मासा नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा प्रतिस्पर्धा गरिरहेको छ ।
मासाबाट एन्जिलासँगै अनिता केसी, सरु लिम्बु र गीता रानाले खेलिरहेकी छिन् ।