• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कसरी सम्भव भयो गोलको खडेरीमा पूर्णविराम ?
खेलपाटी संवाददाता
मंगलबार, चैत १७, २०७७ खेलपाटी संवाददाता
कसरी सम्भव भयो गोलको खडेरीमा पूर्णविराम  ?
गोल गरेपछि संजोक राई । तस्बिर - रमेश सुवेदी/खेलपाटी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको एक परम्परागत समस्या हो,विपक्षी टिमविरुद्ध गोल गर्न नसक्नु ।

नेपाली फुटबललाई यस समस्याले प्राय सताईरहन्छ । जसको कारण नेपाली टिम लामो समय गोलविहीन हुने गरेको छ ।

फिनिसिङमा चुक्दै आएको नेपाली टिमले गोल गर्न नसक्ने कमजोरीलाई अझै सुधार्न सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा समेत नेपालको त्यो कमजोरी कायमै रह्यो ।

पछिल्लो समय नेपाली टिम ७ खेलसम्म गोलविहीन बन्यो । किर्गिस्तानको यू-२३ टिमविरुद्धको खेल जोड्ने हो भने नेपाल ८ खेलसम्म गोलविहीन बन्यो ।

तर, सोमबार नेपाली टिमले गोलविहीन यात्राको अन्त्य गरेको छ । थ्री नेसन्स कपको फाइनलबाट नेपालले गोलको खडेरी अन्त्य गरेको हो ।

May be an image of 3 people, people standing, people playing sports, grass and text that says 'खेलपाटी khelpati.com khelpat खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.c OTAL खेलपाटी khelpati.com खेलपाटी khelpati.com DOONE FLAZA CG'

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धको फाइनलमा गोल गर्दै नेपालले गोलबिनाको यात्रालाई पूर्णविराम लगाएको हो । बंगलादेशविरुद्ध २-१ को जितसँगै नेपालले थ्री नेसन्सको उपाधि समेत जित्यो ।

करिब १८ महिना अघि विश्वकप छनौटमा नेपालले चाइनिज ताइपेविरुद्ध २-० को जित निकालेको थियो । ताइपेविरुद्ध अन्जन विष्टले दुई गोल गरेपछि नेपालले गोल निकाल्न सकेको थिएन् ।

बंगलादेशविरुद्धको फाइनलमा भने नेपालले १८ औं मिनेटमा गोल निकाल्न सफल भएको थियो ।  कर्नरबाट आएको बल बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि प्राप्त बलमा  संजोकले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

मिडफिल्डर संजोकको त्यो डेब्यु गोल थियो । संजोकले शनिबार मात्रै बंगलादेशसँगको खेलबाट राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

संजोकको गोलसँगै आठ खेलपछि नेपालको गोलको खडेरी तोडिएको थियो । नेपालले ७ सय ६६ मिनेटपछि गोल निकाल्न सफल भयो ।

गोलको खडेरी तोडिएपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि खुसी देखिए ।

'१०० दिनको तयारी र प्रतिक्षाको घडी थियो । हामी सफल भयौं,' महर्जनले खेलपछि भनेका थिए ।

May be an image of 3 people, people standing and text that says '24 खेलपाटी khelpati.com खेलपाटी khelpati खेलपार्ट khelpati.com @ੇaaa khelpati.com खेलपाटी khelpati.com Nations Cup'

गोलको खडेरी तोडिएको दिन नेपालले दुई गोल गरेको थियो । यस्तै एक गोल व्यहोरेको थियो ।

नेपालको लागि दोस्रो गोल विशाल राईको नाममा रह्यो । प्रतियोगिताको सुरुवाती दुई खेलमा प्लेईङ-११ मा मौका नपाएका विशालले फाइनलमा भने सुरुवातबाटै खेलेका थिए ।

विशालले संजोककै पासमा डिबक्स भित्रबाट गोल गरेका थिए । डिफेन्डर रंजित धिमालले उपलब्ध गराएको बलमा संजोकको वान टच पासमा विशालले गोल गरेका थिए ।

नेपालले गोल गर्न नसकेको खेल -

ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो ।

अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो ।

त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो ।

ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।

May be an image of 19 people, people standing and outdoors

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP