धरान ओपन गल्फ भोलिबाट
मंगलबार, १० चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फ भोलिबाट सुरु हुने भएको छ ।
धरान उपमहानगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ ।
दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा हुनेछ ।
प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहनेछ ।
विजेताले ९० हजार पाउने छन् । यस्तै उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउने छन् ।






-1761584666208.jpeg&w=3840&q=75)







-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)
