त्रिदेशीय फुटबल एनटीभीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाएको छ ।
नेपाल टेलिभिजनसँगको यस अघिको सम्झौता अनुसार त्रिदेशीय फुटबलको प्रत्यक्ष प्रसारण अधिकार नेपाल टेलिभिजनलाई दिईएको एन्फाका प्रवक्ता किरण राईले बताए ।
'अघिल्ला सम्झौता अनुसार प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनलाई दिएका हौँ ,' उनले भने, 'एन्फाले नेपाल टेलिभिजनसँग ६ अन्तराष्ट्रिय खेलका लागि सम्झौता गरेको थियो ।'
एन्फाले नेपाल टेलिभिजन ३५ लाखको सम्झौता गरेको थियो ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।