एजेन्सी । एफए कप फुटबलको क्वाटरफाइनलमा आज म्यानचेस्टर युनाईटेडले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले लेष्टरसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १०:४५ बजे सुरु हुनेछ ।
युनाईटेड र लेष्टर जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस्तै अर्को क्वाटरफाइनलमा चेल्सीले सेफिल्ड युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
चेल्सी र सेफिल्डबीचको खेल ७:१५ बजे सुरु हुनेछ ।
चेल्सी सेफिल्डलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ ।
सेफिल्ड पनि चेल्सीलाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ ।