• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोट : 'चुनौती हैन अवसर हो'
विश्वास थापा
बिहीबार, असोज ४, २०७५ विश्वास थापा
आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोट : 'चुनौती हैन अवसर हो'

काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत मलेसियामा आयोजना हुने एसिया छनोट समूह 'बी' मा नेपालले प्रतिस्पर्धा गर्दैछ । नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म हुनेछ ।

एसिया छनोटका लागि नेपाली टोलीले बिहिबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ ।  बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाईएको छ ।  प्रशिक्षणपछि नेपालले १४ सदसीय नेपाली टोलीको घोषणा गर्नेछ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपाली टोली अर्को अवसर सिर्जना गर्ने तयारीसहित प्रशिक्षणमा होमिएको छ । दुईसाता अघि एसिया कपको छनोटमा उच्च प्रदर्शन गर्न नसकेको नेपाली टोली आईसिसी विश्व टी–ट्वान्टी क्रिकेटमा पुग्ने लक्ष्यमा रहेको छ ।

मलेसियामै भएको एसिया कप छनोटमा नेपालले पाँच खेलमा दुई मात्र जित हासिल गरेको थियो । अबको दुईसाता पछि पुनः नेपाली टोली मलेसिया जानेछन् । तर, नेपाली टोली यस पटक ठुलो अवसरलाई सदुपयोग गर्ने लक्ष्यमा हुनेछ ।

आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेको छनोटमा सफलता हात पार्न नेपालका लागि चुनौती भने हुनेछ । तर, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले यस पटक नेपालको लागि चुनौती नभई ठुलो अवसर रहेको र यसलाई सदुपयोग गर्ने दाबी गर्छन् ।

प्रशिक्षक टमटाले खेलपाटीसंग भने, 'हामीले धेरै अवसर गुमाईसकेका छौं, अबको यो अवसर हाम्रो लागि फलदायी बन्नेछ भन्नेमा म बिश्वस्त छु । त्यसैको लागि आजैबाट हाम्रो कमजोरी पक्षहरुलाई सुधार गर्दै लैजाने छौं ।'

नेपालले अक्टोबर ३ मा म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्नेछ ।
 
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ६ टोलीले खेल्नेछन् ।
 
नेपालले पछिल्लो समय एकदिवसीय (५० ओभर) क्रिकेटको प्रतियोगितामा बढी सहभागिता जनाएको छ । हालै मलेसियामै नेपालले एकदिवसीय क्रिकेट नै खेलेको थियो । त्यसैले नेपालका लागि यस टी-ट्वान्टी छनोट केहि चुनौतीपूर्ण हुने पक्का छ ।
 
नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले भने मलेसियाको मैदानमा नेपाली टोली भिजिसकेको कारण गार्हो नहुने तर्फ गर्छन् । उपकप्तान मल्लले पनि नेपालले ५० ओभरको खेललाई केन्द्रित गरिरहेको कारण टी-ट्वान्टी खेलमा केहि फरक पर्ने बताए ।
 
'मलेसियाको मैदानमा हामी अभ्यस्त भएको कारण हाम्रो लागि सहज हुनेछ,' उपकप्तान मल्लले भने, 'यस पटकको एसिया छनोटमा हामीलाई केहि सहज हुनेछ ।'
 
मल्लले छनोटका लागि बिशेषत पावर प्ले र फिटनेसमा बढी ध्यान दिइरहेको बताए । उनले नेपालको फिल्डिङ र ब्याटिङ पक्षलाई पनि धरै सुधार गरेर लैजाने बताए ।

यस्तै नेपाली टोलीका बलर सोमपाल कामीले बिपक्षिको कमजोरी हेरेर त्यहि अनुसार अघि बढ्ने बताए । उनले यस छनोट अवसरलाई नेपालले सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

उनले भने, 'कुन राष्ट्रको कुन पक्ष बलियो र कमजोर छ । त्यसलाई बुझेर हामी हाम्रो राम्रो पक्षलाई सदुपयोग गरेर अघि बढ्ने छौं ।'

बन्द प्रशिक्षणमा रहेका खेलाडी :

पारस खड्का (कप्तान)
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
दिपेश श्रेष्ठ
ज्ञानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
प्रदिप ऐरी
सागर पुन
सन्दीप लामिछाने
शाहब आलम
शरद भेषवाकर
सोमपाल कामी
सुनील धमला

अनिल कुमार साह

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP