मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एनएसएलले नेपाली फुटबलमा इतिहास कोर्नेछ’

सोमबार, ०२ चैत्र २०७७खेलपाटी संवाददाता
‘एनएसएलले नेपाली फुटबलमा इतिहास कोर्नेछ’

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले नेपालको इतिहासमा एउटा नयाँ कार्यक्रमको सुरुवात गरेको छ । जसले नेपाली फुटबलमा एउटा इतिहास कोर्ने काम भएको छ । त्यसैले म धेरै खुसी छु । साह्रै हर्षित छु र भावुक पनि ।

कोरोना भन्दा अघि हामीले स्पोर्टस इभेन्ट म्यानेजमेन्टसँग हस्ताक्षर गरि सकेका थियौ। त्यस बेलादेखि कार्यक्रम हुने-नहुने विषयमा धेरैलाई शंका थियो । तर, हामी ढुक्क थियौ ।

एन्फामा अध्यक्षको रुपमा निर्वाचित भएर आइसकेपछि फुटबललाई व्यवसायीकता तर्फ लैजानु पर्छ भन्दै हामीले कार्यक्रम बनायौं । अब व्यवसायीक फुटबलका लागि सर्वप्रथम फुटबलमा व्यापारीक घरानालाई भित्र्याउनुपर्छ भन्ने योजना र सोच राख्यौं ।

त्यसपछि मेरो निर्माण चौधरीसँग भेट भयो । त्यसभन्दा अघि हाम्रो चिनजान थिएन । हामीले एक अर्काको नाम सुनेका थियौ । तर, औपचारिक रुपमा भेट भएको थिएन । उहाँले मसँग भेट हुनु पूर्व पनि फुटबलमा लगानी गरिसक्नु भएको थियो । बिचमा उहाँ खाली बस्नुभएको थियो । उहाँलाई फुटबलमा ल्याउनु पर्छ भन्ने सोच्यौं ।

हाम्रो चिनजान नभएकाले मैले सुरुमै उहाँलाई फोन गर्ने आँट गरिन । किनभने नचिनेको नम्बर उहाँले उठाउनु हुन्न भन्ने लागेको थियो । त्यसपछि एउटा म्यासेज छोडे । म्यासेज छोडे लगत्तै उहाँले फोन गर्नुभयो । त्यसको दोस्रो दिननै उहाँकै कार्यालयमा हाम्रो भेटघाट भयो । भेटघाटमा म निकै उत्साहित भएको थिए ।

उहाँले नेपाली फुटबलको व्यवसायीकता मात्र हैन, फुटबल विकासको विषयमा समेत चर्चा गर्नुभयो । त्यसपछि हामीले फुटबल विकासका लागि युवा विकास आवश्यक भएको छलफल गयौं । त्यसलाई तुरुन्तै सहकार्य गर्ने निर्णय गर्यौ ।

सोही निर्णय अनुसार गत वर्ष हामीले अन्तर विद्यालय क्विक्स कपको आयोजना गर्यौ । त्यसमा करिब २३ वटा स्कुलको सहभागिता रहेको थियो । छोटो समयमा नै हामीले प्रतियोगिता गर्न सफल भयौ र उत्साहित भयौ । त्यसपछि हामीले धेरैभन्दा धेरै स्कुललाई सो प्रतियोगितामा सहभागिता गराउने योजना थियो । तर, कोरोना भाइरस महामारीका कारण त्यसलाई निरन्तरता दिन सकेनौ । अब आउने वर्षमा हामी त्यसलाई पनि निरन्तरता दिने छौँ ।

आईतबार फ्रेन्चाईज टिम र टिम मालिक सार्वजनिक भएको एनएसएल निकै प्रतिक्षाको खेल बनेको छ । जसको औपचारिक सुरुवात आजबाट भएको छ । एनएसएलमा सहभागी हुने क्लबका मालिकदेखि म निकै उत्साहित छु ।

अब साच्चै यसले नेपाली फुटबललाई व्यवसायीकतर्फ लैजाने मैले विश्वास लिएको छु । तर, यसमा ठुलो माछा आयो, सानो माछालाई खाईदिन्छ भनेर धेरैले शंका गरेका छन् । कोही डराउन आवश्यक छैन । हामी नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित बनाउँदै छौ । यसको पनि समय केही लम्ब्याउने छौ । यससँगै एनएसएललाई पनि व्यवस्थित गर्दै लैजाने छौँ ।

पहिलो सिजनमा हामीले एनएसएललाई दुइ महिनाको समय दिएका छौ । हामीले यस प्रतियोगितालाई पूर्व सोच अनुसार गर्न सकेको छैनौं । तर, अर्को सिजनमा हामीले यसलाई व्यापक पार्ने छौ । हामी यसलाई अर्को सिजनमा होम एण्ड अवेको आधारमा लैजाने छौँ । एन्फाको तर्फबाट आयोजक टिमलाई सदैब साथ दिन तयार छौ । यो तपाईको कार्यक्रम नभई एन्फाको कार्यक्रम जस्तै सोचेर सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । प्रतियोगिताका दौरान आउने कुनै पनि समस्या समाधानका लागि तयार छौ ।

खेलाडी रिलिज गर्न, ठाउँको व्यवस्थापन, मैदानको व्यवस्थापन, टेक्निकल सहयोगका लागि हामी सधै तयार छौं । हाल आयोजकसँग हामीले चार बर्षका लागि सम्झौता गरेका छौं । चार वटा सिरिजका लागि ढिलै भएपनि शुभ सुरुवात भएको छ । यो सुरुवातले साँच्चैनै नेपाली फुटबललाई एउटा गन्तव्यमा पुर्याउने विश्वास लिएको छु । धेरै साथीहरुले मलाई सोध्ने गरेका छन् । यो प्रतियोगिता यसपालि मात्रै हुन्छ की अन्य वर्ष पनि ?

तर, मैले प्रति प्रश्न गर्दै यसपलि सुरुवात हुन्छ, यसको अन्त्य मलाई पनि थाहा छैन ।

हाम्रो देशमा बालकदेखि बृद्धासम्म फुटबल समर्थक धेरै छन् । उनीहरु फुटबल हेर्न बसिरहेका हुन्छन् । यसको उदाहरण गाउँमा हुने साना–साना प्रतियोगिताले देखाएको छ । जहाँ हजारौ मानिस फुटबल हेर्नका लागि मैदानमा पुगेका हुन्छन् । अब एनएसएलले त्यो समर्थकको लोकप्रियतालाई झन बढवा दिनेछ ।

(नेपाल सुपर लिग फुटबलको टिम र टिम मालिक सार्वजनिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको मन्तब्यको सम्पादीत अंश )

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन