एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
नर्थ साउण्डमा आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
श्रीलंकाले दिएको २ सय ७७ रनको लक्ष्य वेस्ट इन्डिजले ४८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजलाई जित दिलाउन डरेन ब्राभोले १ सय २ रनको शतकीय इनिङ्स खेले । शाइ होपले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान केइरन पोलार्ड ५३ रनको इनिङ्स खेल्दै अविजित रहे । श्रीलंकाका सुरंगा लकमालले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।
श्रीलंकाका डी सिल्भाले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा अशेन बानडराले अविजित रहदै ५५ रन बनाए ।
यस्तै दनुश्का गुनाथिलकाले ३६ तथा कप्तान दिमुथ करुनारत्ने ३१ रन बनाए ।
वेस्ट इन्डिजका एकिल होसेनले ३ विकेट लिए ।
