राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हङकङसँग हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि त्रिपुरेश्वरस्थगित दशरथ रंगशाला गत ५ चैतमै दिएको खुलेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार १२ चैतमा हुने खेलका लागि राखेपले मैदान नदिएको भन्दै खेल स्थगित गरिएको विज्ञप्ति निकालेको थियो। लगत्तै राखेपले उक्त कुरा भ्रमपूर्ण रहेको जनाएको हो।
_page-0002-1774179638906.jpg)
राखेपलेउक्त प्रतियोगिता सञ्चालनका लागि आवश्यक स्वीकृती र अनुमति पहिले नै जारी भइसकेको जनाएको छ। संघ–संस्था समन्वय शाखाबाट ५ चैतमा सामान्य प्रशासन शाखाबाट रंगशाला, फ्लडलाईट, स्कोरबोर्ड लगायत पूर्वाधारको प्रयोगसम्बन्धी ३ चैतमा पत्र पठाएर स्वीकृती दिइसकेको जानकारी राखेपले सार्वजनिक गरेको छ।
_page-0003-1774179646742.jpg)
सूचना अधिकारी खुशराज दाहालले भनेका छन्,‘नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशिल राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफ्नो जिम्मेवारी नबुझ्ने र कमजोरी लुकाउने प्रयास गर्नु अनुचित छ। एन्फा द्वारा प्रकाशित भ्रमपूर्ण समाचारले खेलकुद समुदायमा असर पार्न सक्ने भएकाले सरोकारवालालाई सचेत रहन आग्रह गर्दछौं।’









-1774148515465.webp&w=3840&q=75)

