नेम्वाङमाथि कर छलीको आरोप

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि कर छलीको आरोपमा राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ।
मकवानपुरका वसन्त रिजालले आइतबार नेम्वाङले विदेशी आम्दानी लुकाएको र कर विवरण नदिएर अनियमितता गरेको भन्दै उजुरी दर्ता गरेका हुन्।
उजुरीअनुसार नेम्वाङले सन् २०२३ मा बहराईनमा सम्पन्न एशियाली फुटबल महासंघ (एएफसी) को कंग्रेसबाट सन् २०२३ देखि २०२७ सम्मका लागि कार्यकारी सदस्य चुनिएदेखि वार्षिक रूपमा अमेरिकी डलर ८० हजार प्राप्त गर्दै आएका छन्।
‘एएफसीको कार्यकारी सदस्य भएर प्राप्त रकमको कुनै कर दाखिला नगर्नु जानाजानी आम्दानी लुकाउने नियतको देखिन्छ। अध्यक्ष पदमा रहेर ठूलो रकम लुकाउनु खेलकुद संगठनको प्रतिष्ठामा प्रश्न उठाउँछ,’ उजुरीमा भनिएको छ। उजुरीमा उल्लिखित तथ्य अनुसार नेम्वाङले यो रकम सुरक्षा इन्टरनेशनल ट्रेड (प्यान नम्बर: ३०१४४१३५३) मार्फत भुक्तानी लिने गरेका छन्। यसबारे नेपालमा कुनै विवरण दाखिला नभएको रिजालको जिकिर छ।
नेपालको आयकर ऐन, २०५८ अनुसार यदि कुनै व्यक्ति १८३ दिन वा सोभन्दा बढी नेपालमा बसेको छ भने उसले आफ्नो विश्वव्यापी आम्दानी नेपालमा खुलाउनुपर्छ। उल्लंघन भएमा जरिवाना, कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
रिजलले उजुरीमा एएफसीको मुख्यालय, क्वालालम्पुर, मलेसियामा सम्पर्क गरी रकम भुक्तानीको माध्यम र कारणबारे स्पष्ट जानकारी लिन सुझाव दिएका छन्।







-1774148515465.webp&w=3840&q=75)



-1774092907794.webp&w=3840&q=75)
