हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन
आइतबार, ०८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान उपलब्ध नगराएपछि नेपाल र हङकङबीच हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार दशरथ रंगशालामा आयोजना हुने भनिएको उक्त खेलका लागि आवश्यक स्वीकृति तथा मैदान उपलब्ध हुन नसकेपछि खेल स्थगित गर्नुपरेको जानकारी दिएको हो।
एन्फाले राखेपसँग रंगशाला र खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउन पटक–पटक आग्रह गरे पनि त्यसअनुसार अनुमति नआएको जनाएको छ। त्यसकै कारण १२ चैत मा तल खेल सम्भव नभएको संघले स्पष्ट पारेको छ।







-1774148515465.webp&w=3840&q=75)



-1774092907794.webp&w=3840&q=75)
