नापोलीको जित
सोमबार, २४ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लोरेन्जो इन्सिग्नेले दुई गोल गरेपछि नापोलीले सहज जित हात पारेको हो ।
खेलको आठौं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दा नापोलीले २-० को अग्रता बनायो ।
खेलको ७३ औं मिनेटमा बोलोग्नाका रोबर्टोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई ३-१ को जित दिलाए ।
जितसँगै नापोलीले २५ खेलमा ४७ अंक जोडेको छ । नापोली छैटौं स्थानमा रहेको छ ।
बोलोग्ना २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।





-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)






