राजेन क्वाटरफाइनलमा
काठमाडौं । अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे ।
अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका सक्षम श्रेष्ठलाई ५–४ तथा लास्ट ब्रेकका सोम लामाले पोखराका विकास महर्जनलाई ५–३ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
दुई क्वाटरफाइनल आइतबार र बाँकी दुई सोमबार हुने छ । आइतबार अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र एएक्सएनका वाङचु तामाङ तथा फस्ट ब्रेकका अमन कार्की र एसका मिलन लामाबीच प्रतिस्पर्धा हुने छ ।
सोमबार अजिमाका राजेन र लास्ट ब्रेकका सोम तथा एनआरटीका दीपक र अजिमाका फुरी शेर्पाबीच खेल हुनेछ ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)