• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
प्रतिभाको ‘कमब्याक’
गिता राई
शुक्रबार, फागुन १४, २०७७ गिता राई
प्रतिभाको ‘कमब्याक’
तस्बिर सौजन्य भलिबल नेपाल

काठमाडौं । जब प्रतिभा मालीले चोट बोकिन् । धेरैले सोचेका थिए, प्रतिभा अब पुरानै रुपमा फर्कन सक्ने छैनन् ।

उनको चोटको प्रकृति समेत गम्भीर थियो । गम्भीर चोट बोकेका खेलाडी अक्सर पुरानै लयमा फर्किन सक्दैनन् ।

उनी नेपालको महिला भलिबलले पाएको उत्कृष्ट मध्यकी एक हुन् । प्रतिभाको चोटले सिङ्गो भलिबल परिवार स्तब्ध थियो ।

तर, प्रतिभाको चोटको शल्यक्रिया सफल भयो । सरकार अनि सबैको सहयोग मिल्यो । उनले महिनौं ‘रिहाब’ मा बिताईन् । सिङ्गो विश्व कोरोनाको डरमा थियो । प्रतिभा भने दैनिक कलंकीबाट सातदोबाटोको रिहाबसम्मको यात्रा तय गर्थिन् ।

गत महिनामात्र पोखरामा आयोजित मैत्रीपूर्ण खेलबाट प्रतिभाले कोर्टमा ‘कमब्याक’ गरिन् ।

अरुणा शाही जिताउ अभियानका लागि भएको मैत्रीपूर्ण खेलबाट उनले कोर्टमा कमब्याक गरेकी हुन् । सो खेलमा होङ्ग्वान्जी न्यु डाइमण्डले एपीएफसँग खेलेको थियो । जसमा प्रतिभाले सबै सेट खेलिन् ।

लगत्तै पोखरामानै भएको टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पनि उनीले न्यु डायमण्डबाट खेलिन् । प्राय सबै खेलमा उनको प्रर्दशन देखिन्थ्यो । प्रतिभा उत्कृष्ट सर्भर चुनिएकी थिइन् ।

‘मैत्रीपूर्ण खेलको सबै सेट खेलेको थिए तर पुरा बल लगाएर खेलेको थिइन । त्यो बेलामा मैले राम्रोसँग ट्रेनिङ पनि गरिसकेको थिएन, जित्नैपर्छ भन्ने दबाबमा खेलेको थिएन । रमाइलोका लागि मात्र खेलेको हो ।’ उनले खेलपाटीसंगको संवादमा भनिन् ।

‘टाईगर कप ठीकै भयो । अहिलेसम्म त्यति राम्रोसँग ट्रेनिङ पनि गरिसकेको छैन तर ट्रेनिङ गरे भने फेरी राम्रोसँग खेल्न सक्छु भन्ने भइरहेको छ ।’ उनी भन्छिन् ।

प्रतिभा पुरै निको भने भईसकेकी छैनन् । उनलाई अलि बढी समय कोर्टमा बिताउँदा दुख्न थाल्छ । तर उनले हार मानेकी छैनन् । चोट चाँडै पूर्ण रुपमा निको हुने उनको विश्वास छ ।

‘डर भन्ने छैन तर अलि बढी खेले बढी नै दुख्न थाल्छ । दुखे पनि दुखाई म्यानेज गर्दै खेल्नुपर्नेछ । घुँडाले मलाई स्वतन्त्र रुपमा खेल भनेर दिएको छैन । अझै दुखाई म्यानेज गर्न मलाई आउँदो वर्ष पनि लाग्छ होला ।’ उनले भनिन् ।

‘मेहेनत गर्छु, ट्रेनिङ गर्छु भन्दा चिकित्सकले पुरा बल लगाएर खेल्ने बेला भएको छैन भन्नु हुन्छ । त्यही भएर अड्किरहेको छु ।’ उनले भनिन्, ‘खुट्टा कमजोर छ, त्यसैले ठीक नहुन्जेल थेरापी गर्ने योजना छ । ’

सानै उमेरमा प्रतिभाले भलिबलबाट पर्याप्त चर्चा र सफलता बटुलिन् । उनले महिला भलिबललाई धेरै माथि लैजाने धेरैको अपेक्षा थियो । तर अहिले चोट बाधक बनेको छ । माली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर हुन्, अनि अघोषित मेन्टर जस्तै ।

उनको उत्कृष्ट प्रर्दशनमा नेपालले गत वर्ष १३ औं सागमा कीर्तिमानी रजत पदक हासिल गरेको थियो । साथै बंगलादेशमा सम्पन्न प्रथम एभिसी महिला सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । उनी कीर्तिमानी स्वर्णपदक जित्दाकी नेपाली टोलीकी मुख्य पात्र हुन् । तर एनभीए कपको फाइनलमा उनले चोट बोकिन् । जसका कारण उनी एक वर्ष मैदान बाहिर रहिन् ।

चोट र उपचार

गत वर्ष माघमा भएको पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा एपीएफ क्लबविरुद्द खेल्ने क्रममा माली घाइते भएकी थिईन् ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको फाइनल खेलमा एपीएफविरुद्द स्पाइक हानेर ‘ल्यान्डिङ’ हुने क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो ।

चोटपछि उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल पुर्याईयो । जसको दौरान माघको २० गते उनको घुँडाको शल्यक्रिया भयो । भने करिब १७ दिनको हस्पिटल बसाई पश्चात डिस्चार्ज भईन् ।

अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यले शल्यक्रिया पश्चात करिब १ वर्ष प्रतिभा आराममा रहने बताएका थिए ।

यस्तै जेठ २३ गते ब्लुक्रसममा नै अर्को शल्यक्रिया गराईन् । साथै ग्वार्कोस्थित अर्थोप्लास्ष्ट गएर फिजियो पनि गराईन् ।

न्यु डायमण्ड प्रतिभा खेलपाटी को छविको परिणाम

प्रतिभा राष्ट्रिय टिमकी मात्र नभएर खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा चिनिएको होङ्ग्वान्जी न्यु डाइमण्डकी मुख्य सदस्य हुन् ।

उनकै प्रर्दशनमा डाइमण्डले धेरै प्रतियोगिताहरु जितेको पनि छ । चोटको कारण प्रतिभाले मात्र नभएर न्यु डाइमण्डले समेत घाटा बेहोर्नु परेको थियो । तर अहिले प्रतिभाको कमब्याकबाट प्रशिक्षक कुमार राई निकै उत्साही र खुशी देखिन्छन् ।

‘प्रतिभा कमब्याक हुनु एकदमै खुशीको कुरा हो । बिस्तारै उसको खुट्टा पनि ठीक हुँदै जान्छ । उसले टाइगर कपमा पुरै समयनै खेलेको थियो ।’ प्रफुल्लित देखिएका राईले भने ।

प्रशिक्षक राई प्रतिभाकै लागि थेरापी गर्दै प्रतियोगिता खेल्न थालेको बताउँछन् ।

‘उसैको लागि भनेर थेरापी लिएर टुर्नामेन्ट खेल्न थालेका छौ । ट्रेनिङको समयमा हप्ताको दुई पटक थेरापिस्ट स्कुलमै आउने, अरु समयमा उनीहरुको कक्षामा जाने, उसैका लागि भनेर विशेष ट्रेनिङको व्यवस्था गरेका छौ ।’ राईले थपे ।

May be an image of 2 people and people playing sports

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP