दीपक प्रिक्वाटरफाइनलमा

काठमाडौं । एनआरटीका दीपक मगर प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा दीपकले ब्रेक प्वाइन्टका उमेश शर्मालाई ४–० को फ्रेममा सहजै पराजित गरे ।
त्यस्तै एस स्नुकरका सक्षम श्रेष्ठले सन्दिप मगरलाई ४–३, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले बुटवलका शिशिर गुरुङलाई ४–३, फस्ट ब्रेकका अमन कार्कीले कुँवेर ट्रष्टका सञ्जयकुमार मुल्मीलाई ४–१ र अजिमाका फुरी शेर्पाले ब्रेक प्वाइन्टका रविन्द्र विष्टलाई ४–२ ले हराए ।
त्यस्तै पाल्पाका कुनाल श्रेष्ठले एनआरटीका राजु केसीलाई ४–०, एसका मिलन लामाले एरिना १४७ का सुमन थापालाई ४–३ तथा कोटेज बेम्बुका राजन गुरुङले विराटनगरका शाहरुख अन्सारीलाई ४–० को फ्रेममा हराए ।
विजेता सबैले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)