शाहीको ४५ दिनको पुण्यतिथिमा श्रदान्जली सभा
मंगलबार, ११ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबल खेलाडी एवम् संघका पूर्वमहासचिव लोक बहादुर शाहीको ४५ दिनको पुण्यतिथिका दिन श्रदान्जली सभाको आयोजना गरि शोक मनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले शाहीको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
श्रदान्जली सभामा शाहीको तस्बिरमा फूलमाला माल्यार्पण गरि श्रदान्जली अर्पण गरिएको थियो ।

सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।
शाहीको दैलेखस्थित चौरटामा निधन भएको थियो ।
पूर्व गोलरक्षक शाहीले सन् १९७९ देखि १९८८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए ।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)

-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)