मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न

शनिबार, ०८ फाल्गुण २०७७खेलपाटी संवाददाता
नेपाल ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालकै जेठो खेलकुद संस्था नेपाल ब्यायाम मन्दिरको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोरोना भाईरसको महामारीको कारण अघिलो वर्ष रोकिएको ब्यायाम मन्दिरको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।

१९ औं साधारण सभाले संस्थालाई चुस्त दुरुस्त राख्दै प्रजातान्त्रिक रुपमा अघि बढ्ने उद्धेश्यले विधानमा रहेको विभिन्न बाधा अवरोधलाई हटाई परिमार्जन गर्ने निर्णय गर्दै विधान संसोधन गर्ने निर्णय गरेको छ ।

यस्तै साधारण सभाले महासचिव सुर्य प्रसाद जोशीले प्रस्तुत गरेको वार्षिक कार्य प्रगती विवरण र आगामी योजना तथा कोषाध्यक्ष प्रशान्त सिंहले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६ र ०७६÷०७७ को आय ब्ययलाई प्रश्नोत्तर र छलफलबाट अनुमोदन गरेको छ ।

यसैगरि ब्यायाम मन्दिरले संस्थाको मानार्थ सदस्यहरुलाई मनोनयन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

लामो समय देखि नेपाल ब्यायाम मन्दिरको बिकास र बिस्तारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउदै आएका ब्यवसायी तथा समाजसेवी बिद्या सागर तुलाधर, टेली टकका कार्यकारी प्रमुख संजय अग्रवाल, डाईट नेपालका प्रवन्ध निर्देशक निशान्त प्रधान, फिटनेश च्वाईसका प्रवन्ध निर्देशक उत्तम सिलवाल, ब्रिटिश गोर्खाली सेभिङ्ग एण्ड क्रेडिटका चेयरम्यान जनम लामा, कामनपा २७ वडाका सदस्य तथा समाजसेवी नरेश महर्जन, ब्यवसायी तथा समाजसेवी राज कुमार तण्डुकार र ईचङ्गुका पूर्व वडा ७ का अध्यक्ष हरि कृष्ण लामालाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल ब्यायाम मन्दिरको ज्याठास्थित आफ्नै हलमा भएको साधारण सभाको कार्यक्रमा संस्थालाई विभिन्न माध्ययमबाट बिकास र विस्तारमा पुर्राएको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न ब्यक्तित्वहरुलाई नगद सहित सम्मान गरेको छ ।

जसमा लाईफटाईम अचिभमेन्ट अवार्डबाट संचालक समितिका सदस्यद्वय गोविन्द चित्रकार र बर्ण बहादुर श्रेष्ठलाई नगद ५५ हजार ५ सय ५५ का साथ दोशल्ला र सम्मान पत्रबाट सम्मान गरिएको छ ।

खेलाडीहरु राम बहादुर दाहाल र रजनी श्रेष्ठलाई नगद ४० हजार, डेभिड बलामी र सरोज श्रेष्ठलाई नगद १० हजार, टिम ब्यवस्थापक मनोज श्रेष्ठ र ब्यायाम मन्दिरका सहयोग विजय रत्न बज्राचार्यलाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मान गरेको छ ।

नेपाल ब्यायाम मन्दिको नियमित सम्मानको रुपमा रहेको सन्तती कदरपत्रबाट टोल प्रतिनिधी तथा नेपाल ब्यायाम मन्दिरको साधारण सदस्य श्री त काजी प्रजापतीकी सन्तती सुपुत्री रोजिना प्रजापती महर्जनलाई सम्मान गरिएको छ ।

साधारण सदस्य मध्येबाट संचालक समितिले कोषाध्यक्ष प्रशान्त सिंहलाई बिशेष सम्मान गरेको छ ।

त्यस्तै खेल पत्रकारिताको माध्ययमबाट ब्यायाम मन्दिरले गर्दै आएको विभिन्न क्रियाकलापका साथै शारीरिक सुगठनमा राष्ट्रकै उच्च सम्मानित शहिद धर्मभक्त माथेमाको नाममा रहेको धर्मश्रीको प्रचार प्रसारलाई निरन्तरता प्रदान गर्दै नेपाल ब्यायाम मन्दिरको बिकास र विस्तारमा गर्दै आएको योगदानको मुल्याङ्कन गर्दै समाचार पत्रका खेल संचारकर्मी कविरस शर्मा र राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार शाखाका दामोदर अर्याललाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका साँसद पूर्व रक्षामन्त्री भिमसेन दास प्रधानले सम्मान पत्र प्रदान गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए