बद्रीलाललाई उपाधि

काठमाडौं । भक्तबहादुर तामाङ स्मृती रेपिड चेस प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा बद्रीलालले ७ दशमलब ५ अंक जोडे । समान अंक जाडेका मनिष हमाल र सुजेन्द्र श्रेष्ठ संयुक्त दोस्रो भए । ७ अंक भएका गणेश मान दुवाल चौथो तथा सुश्रुत दाहाल तेस्रो भए ।
६ दशमलब ५ अंक भएका पुर्णराज खड्का,क्षितीज भण्डारी,राकेश रौनीयार,मदन रायमाझी र रुपेस जयसवाल छैटौ देखि १० औ स्थानमा रहे ।
समाजसेवी भक्तबहादुर तामाङको स्मृतीमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
रोसी गाउँगाउँपालिका ३ का भक्तबहादुरको गत असोज महिनामा निधन भएको थियो ।
प्रतियोगितामा १ सय १३ जना खेलाडीको सहभागिता रहेको थियो ।
दुई दिने प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले ७ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गरे ।






%20(2)-1765947464452.png&w=3840&q=75)





-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)