राजेन विजयी
शनिबार, ०८ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं। राजेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
राजेनले निरजमान सैजुलाई ३–० ले पराजित गरे ।
त्यस्तै छिरिङ डेन्डुपले हिमाल भट्टराईलाई ३–१, नितेशराज भण्डारीले अभिषेक पाण्डेलाई ३–२, राजेन्द्र श्रेष्ठले गणेश अर्याललाई ३–० तथा अमिर श्रेष्ठले पेम्बा शेर्पालाई ३–० ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।






%20(2)-1765947464452.png&w=3840&q=75)





-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)