काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले 'एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी' अवार्ड जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिए । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १/१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०/५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०/५० प्राप्त गरे ।
यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।

मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजित कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए ।
शाहले ३५ हजार प्राप्त गरे । यस्तै शाहले पुरस्कारको रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरेका थिए ।
पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे ।
एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशन सिंह राउत सम्मानित भए । उनले २५ हजार प्राप्त गरे ।
कुन खेलमा कुन खेलाडी उत्कृष्ट ?
सर्वोत्कृष्ट खेलाडी :
पुरुष - मन्देकाजी श्रेष्ठ (कराते)
महिला - गौरिका सिंह (पौडी)
राइजिङ प्लेयर अवार्ड :
पुरुष - सुवास तामाङ (गल्फ)
महिला - संगीता धामी (कुस्ती)
प्रतिभावान खेलाडी :
पुरुष - सुजल श्रेष्ठ (फुटबल)
महिला- आयशा शाक्य (तेक्वान्दो)
पारा एथ्लेटिक अवार्ड - केशव थापा (टेबलटेनिस)
स्पोर्ट्स जर्नालिस्ट अवार्ड - रोशन सिंह राउत (खेलपत्रकार)
गजराज आदर्श खेलाडी अवार्ड - अकबर शाह (कराते)
२६ खेलका विजेता -
आर्चरी - सनातन मल्ल
एथलेटिक्स - सन्तोषी श्रेष्ठ
ब्याडमिन्टन - रत्नजित तामाङ
बास्केटबल - अनुशा मल्ल
बक्सिङ - मिनु गुरुङ
क्रिकेट - अन्जली चन्द
साइक्लिङ - बुद्धि बहादुर तामाङ
फेन्सिङ - रबिना थापा
फुटबल - सुजल श्रेष्ठ
गल्फ - सुवास तामाङ
ह्यान्डबल - कल्पना ओली
जुडो - देविका खड्का
कब्बड्डी - मेनुका कुमारी राजवंशी
कराते - मन्देकाजी श्रेष्ठ
खोखो - श्याम बुढाथोकी
टेनिस - प्रदिप खड्का
सुटिङ - कल्पना परियार
स्वीमिङ - गौरिका सिंह
स्क्वास - विपना ब्लोन
टेबलटेनिस - पुरुषोत्तम बज्राचार्य
तेक्वान्दो - आयशा शाक्य
ट्रायोथोलन - सोनी गुरुङ
भलिबल - कुल बहादुर थापा
भारोत्तोलन - विकास थापा
कुस्ती - संगीता धामी
उसु - जुनी राई