सञ्जयको दोश्रो जित
बुधबार, ०५ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । कुवेर ट्रस्टका सञ्जयकुमार मुल्मीले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार लगातार दोश्रो जित हात पारेका छन् ।
अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोश्रो चरणको खेलमा सञ्जयले एसका प्रवीण शाक्यलाई ३–१ ले पराजित गरे ।
त्यस्तै ब्रेक प्वाइन्टका शिव मगरले कुमारी क्लबका विकास श्रेष्ठलाई ३–०, एस स्नुकरका दीपजल ढुंगानाले एनडी स्क्वायरका सहेश वज्राचार्यलाई ३–०, एसबी स्क्वायरका रोजन श्रेष्ठले राजेन्द्र तामाङलाई ३–०, ब्ल्याक पोटका निश्चल केसीले चन्डेश्वरीका राजन तामाङलाई ३–१ ले हराए ।
त्यस्तै कुमारीका पदम तामाङले शेर्पा स्नुकरका निमा शेर्पालाई ३–० तथा बेम्बुका राजन गुरुङले कुमारीका श्याम वाइबालाई ३–१ ले हराए ।













-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
