शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

गौरिका, सरस्वती र अन्जली पिपुल्स च्वाईस अवार्डमा मनोनित

बुधबार, ०५ फाल्गुण २०७७खेलपाटी संवाददाता
गौरिका, सरस्वती र अन्जली पिपुल्स च्वाईस अवार्डमा मनोनित
Classic Tech Internet Ad

धनगढी । दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा पर्ने ३ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी परेकी छिन् ।

विजेताको घोषणा सर्वसाधारणले एसएमएस र फेसबुक मार्फत तथा खेलकुद पत्रकार र प्रशिक्षकको मतको आधारमा हुनेछ ।

फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम स्पोर्टस अवार्डको फेशबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ ।

तीनै जना खेलाडीहरुको तीन वटा फोटो एकै पटक हालिएको प्रोफाईल र अलग अलग हालिएको प्रोफाईलमा गएर लाईक गर्न सकिने पाठकले बताए । दुबै फोटोहरुमा गरिएको लाईक गणना हुनेछ ।

मोबाईल भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिईएको छ । मोबाईलको म्यासेज बक्समा गएर एसएसए लेखेर एक स्पेसपछि मन परेको खेलाडीको कोड १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस गर्न सकिनेछ ।

भोटिङ लाईन आजैबाट सुरु भई चैत ४ गते राति १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार, प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।

विजेताको नाम चैत ६ गते आयोजना हुने अवार्ड कार्यक्रममा घोषणा गरिनेछ ।

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम गरि ९ विधामा पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा