महेश स्मृति कप भलिबल फागुन १२ बाट
सोमबार, ०३ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । स्व. महेश स्मृति कप क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता फागुन १२ गतेबाट सुरु हुने भएको छ ।
युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा हुने प्रतियोगिता फागुन १२ देखि १५ गतेसम्म संचालन हुनेछ।
प्रतियोगिता पोखरा रंगशालामा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ८० हजार र दोस्रोले ५० हजार पाउने छन् ।
महिलाको विजेताले २५ हजार र दोस्रोले १५ हजार पाउने छन् ।
यस्तै विद्यागत पुरस्कार समेत समावेश गरिएको आयोजकले जनाएको छ ।
पूर्व भलिबल खेलाडी महेश खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
उनले कलिलो उमेरमा नै स्थानीय, क्षेत्रीय हुँदै राष्ट्रिय भलिबल खेलेका थिए ।
स्याङ्जा जिल्लामा जन्मिएका खड्काको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा निधन भएको थियो।










-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)
-1766479491057.jpeg&w=3840&q=75)
