सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

फुटसल लिग गर्न टर्नपाईकसँग एन्फाको सम्झौता

आइतबार, २५ माघ २०७७खेलपाटी संवाददाता
फुटसल लिग गर्न टर्नपाईकसँग एन्फाको सम्झौता
mustang rice ad

काठमाडौं । 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो ।

एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका सीईओ उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ ।

सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई ऐतिहासिक सम्झौताको रुपमा लिएको बताए ।

'सम्झौतालाई ऐतिहासिक रूपमा हेरेको छु । अन्तिम चरणको खेल पोखरामा गर्ने छौँ । प्रतियोगिता आयोजना गर्न इरानले सहयोग गर्ने कुरा भएको छ,' उनले भने, 'प्रतियोगितापछि खेलाडी छनोट गरेर बाहिर खेल्न पठाउने छौँ । हामी महिला फुटसलको राष्ट्रिय च्याम्पियनसिप गर्ने तयारीमा समेत छौँ ।'

टर्नपाईकका उकेशले प्रतियोगिता राष्ट्रिय टेलिभिजनबाट लाईभ गर्ने योजना रहेको बताए ।

'हामी मार्केटिङ एजेन्सीको रुपमा आबद्द हुदै आएको थियौं । सोही अनुसार अहिलेको एन्फाको भिजन अनुसार जोडिएका छौँ,' उनले भने,'खेल लोकप्रिय बनाउन मद्दत गर्ने छौँ । राष्ट्रिय टिभीबाट प्रत्यक्ष प्रशारण गर्छौ ।'

एन्फाको फुटसल संयोजक श्रेष्ठले प्रतियोगिताको अन्तिम तयारी भईरहेको बताए । एएफसीबाट मान्यता प्राप्त कभर्डहल भएकोले प्रतियोगिता पोखरामा गर्न लागिएको उनले बताए ।

फुटसलको 'ए' डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा संचालन हुनेछ ।

No description available.

एन्फा फुटसल कमिटिले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश-१ र गण्डकी प्रदेशबाट २/२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश-२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।

लिगको फाइनल चरण खेल्ने टिमहरु छनोट खेलबाट छनोट हुने छन् ।

लिगका लागि प्रदेश-१ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश-२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ ।

बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ ।

गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछ ।

लिगमा 'ए', 'बी' र 'सी' डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउने छन्।

लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।

एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।

प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ