आयशा र गौरिकासहित ५ जनालाई युयुएनटीएफ अवार्ड

नुवाकोट । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी तेक्वान्दोकी आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् ।
नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेका छन् । त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् ।
दोस्रो युयुएनटीएफका विजेता पाँचै जना खेलाडीहरुले नगद रु ३० हजार तथा प्रशिक्षकले २० हजार रुपैंया सहित सम्मान पत्र प्राप्त गरे।
विश्वभर छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको संगठन युयुएनटिफले गतवर्ष बाट अवार्डको शुरुवात गरेको हो। यसको पहिलो संस्करण दुईवर्ष अगाडि वुटवलमा भएको थियो।
अवार्ड कार्यक्रममा युयुएनटिएफ अवार्ड अलावा १३ औं सागमा पदक जित्ने सम्पूर्ण खेलाडी र प्रशिक्षकहरुलाई पनि सम्मान गरियो। जसमा १२ स्वर्ण जित्ने १८ जना खेलाडीहरुलाई २५ हजार, रजत जित्ने ६ जनालाई १५ हजार र ११ काश्य पदक जित्ने १७ जना खेलाडीलाई १० हजार रुपैंया प्रदान गरिएको थियो। त्यसैगरी ७ प्रशिक्षक र २ मेनेजरलाई नगद ५ हजार प्रदान गरियो ।
सोही अवसरमा नुवाकोट जिल्लाबाट १३ औं सागमा पदक जित्ने १० जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरियो। त्यसमा स्वर्ण पदक जित्ने करातेकी अनु अधिकारी, साइक्लिङकी लक्ष्मी मगर र वुद्धि बहादुर तामाङ, फुटबलका अभिषेक रिजालले नगद रु २५ हजार प्राप्त गरे।
त्यसैगरी रजत जित्ने तेक्वान्दोका कृष्ण बहादुर तामाङ, उसुका मिन ग्लान, फेन्सिङकी अन्जु तामाङ, जुडोका सञ्जित डंगोल, भारोत्तोलनकी अस्मिता राई , तेक्वान्दोक कृष्ण बहादुर तामाङले नगद १५ हजार प्राप्त गरे।
त्यसैगरी काश्य पदक जित्ने तेक्वान्दोका रेजिन रिजाल, जुडोका सुनिल नगरकोटी र करातेका राजीव पुडासैनीले १० हजार रुपैंया प्राप्त गरे।
नुवाकोट सम्मान
सोही अवसरमा नेपाली खेलकुदको विकासमा टेवा पुर्याउने १० जना विशेष ब्यक्तित्वहरुलाई ुनुवाकोट सम्मानुबाट सम्मानित गरिएको थियो।
ूयो नुवाकोट जिल्लामा अहिलेसम्म भएको सबैभन्दा ठूलो अवार्ड हो। यसले नुवाकोट र देशको तेक्वान्दो खेलाडीहरुलाई हौसला दिनेछ भन्ने हामीलाई विश्वास छू युयुएनटीएफ नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले भने।
पुरस्कार वितरणमा ९ लाख ८५ हजार रुपैंया खर्च भएको थियो।
कार्यक्रममा नुवाकोट तेक्वान्दो संघका संरक्षक सुमन पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य इन्दिरा निरौला, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, नुवाकोट तेक्वान्दो संघका अध्यक्ष सुमन अधिकारी लगायतका अतिथिहरुले सम्मानपत्र वितरण गर्नुभएको थियो।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)