शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

खेलकुदमा व्यस्त पोखरा

शनिबार, २४ माघ २०७७खेलपाटी संवाददाता
खेलकुदमा व्यस्त पोखरा

पोखरा रंगशाला । तस्बिर- सुदर्शन रञ्‍जित

mustang rice ad

पोखरा । कोरोना नहुँदो हो त पोखरा अहिले नवौं राष्ट्रिय खेलकुदको तयारीको चटारोमा हुन्थ्यो । कोरोनाले यस वर्ष नवौं राष्ट्रिय खेलकुद नहुने भो । कहिले हुने टुङ्गो छैन, तर यस वर्ष हुदैन । पोखराको परिचय धेरै छन्, धेरैले यसलाई खेलकुदको शहर पनि भन्छन् ।

राष्ट्रिय खेलकुद भएन त के भो, पोखरामा खेल पर्वको लहरै चलेको छ । कोरोनाको प्रभाव घटेसंगै पोखरामा खेल गतिविधि बढ्न थालेका छन् ।

खेल गतिविधि संचालनको अनुमति पाएसँगै पोखरामा एक पछि अर्को खेलकुद प्रतियोगिताको मिति तय हुन थालेका छन् । कोरानोले अन्यौलमा पारेका प्रतियोगिताको तयारी जोडतोडले चलिरहेको छ ।

पोखरा रंगशालामा प्रशिक्षणदेखि प्रतियोगिता खेल्ने खेलाडी देख्न सकिन्छ । अन्यौलमा परेको आहा रारा गोल्डकपदेखि पोखरा सफल म्याराथनको तयारी अन्तिम चरणमा छ ।

कर्पोरेट खेल प्रतियोगिता ‘एनसेल बाह्रखरी आमन्त्रण गल्फ’ आजदेखि सुरु भएको छ ।

पर्यटन क्षेत्रमा योगदान पु¥याउने उद्देश्य सहित सुरु गरिएको बाह्रखरी गल्फले चौथों संस्करणका लागि पोखरानै रोज्यो । एसियाकै ‘एडभेन्चर’ मानिने पोखराको हिमालयन गल्फ कोर्समा कर्पोरेट क्षेत्रका हस्तीहरुले माछापुच्छ्रे हिमाललाई साक्षी राखेर गल्फको मज्जा लिनेछन् ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी पोखराको खेलकुदले पुन गति लिन थालेको बताउँछन् ।

‘कोरोनाका कारण लामो समयपछि यसरी खेल प्रतियोगिता संचालन हुँदा खेलाडी र आयोजक दुवै खुशी छन् ।’ उनले भने, ‘खेलाडीको प्रमुख आवश्यकतानै प्रतियोगिता र प्रशिक्षण हो । खेल सुचारु हुँदा खेलाडी बल्ल सहज वातारणमा फर्कदैछन् ।’

खेल गतिविधि सुरु भएपनि स्वास्थ्यका हिसाबले कोरोनालाई खेलवाड नगर्न योगीे आग्रह गर्छन् ।

‘कति खेलाडीको जिविकोपार्जन प्रतियोगिताबाट हुन गरेको छ । महामारीपछि अहिलेको प्रतियोगिताले केही राहत दिन्छ ।’ उनि भन्छन् ।


के के हुँदैछ पोखरामा ?

फागुन १ गतेदेखि सफल म्याराथन -

फागुन १ गतेदेखि १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालले यस वर्षदेखि महिला धावकलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन समावेश गरेको छ ।
कोरोनाका कारण अन्य स्पर्धा चार चरणमा गर्ने आयोजकले बताएको छ । १० किलोमिटर महिला तथा पुरुषतर्फको दौड चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुषतर्फको ह्विल चियर दौड र आउँदो वैशाख ४ गते मञ्चको वार्षिकोत्सको अवसरमा ५ किलोमिटर विद्यालय स्तरीय छात्र÷छात्रा दौड हुने आयोजकले जनाएको छ ।

यस्तै म्याराथन विजेतालाई २ लाख, उपविजेतालाई १ लाख र तेस्रो हुने खेलाडीलाई ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार राखिएको छ ।
महिलातर्फको हाफ म्याराथनको विजेतालाई १ लाख, उपविजेतालाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।

आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता -

पोखरा रंगशालामा माघ २७ देखि १ गतेसम्म ‘आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला र पुरुष भलिबल प्रतियोगिता’ हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजक टाइगर ग्रुपले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल , त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने छ । यसैगरी महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब , नेपाल प्रहरी र न्यू डायमण्डको सहभागिता हुनेछ ।

फागुन ४ गतेदेखि मुख्यमन्त्री कप -

पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म ‘प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला र पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र रुपमा भएको संघले बताएको छ ।

प्रतियोगितामा कास्की सहित ९ जिल्लाका महिला तथा पुरुष टिमको छनोट खेल सम्पन्न भइसकेको छ । यस प्रतियोगितालाई पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुदको पूर्व तयारी अनुरुप लिईएको छ ।

नेपालमै पहिलोपटक बक्स क्रिकेट प्रतियोगिता -

माछापुच्छ्रे क्रिकेट एकेडेमीले फागुन १ गतेदेखि ४ गतेसम्म पोखरामा बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता लेखनाथस्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा संचालन हुनेछ । प्रतियोगितामा १२ टिमले सहभागिता जनाउदै छन् ।

बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता -

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजना फागुनको अन्तिम साता १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुँदैछ ।

पोखराको टुँडी खेल मैदानमा फागुन २४ गतेदखि २९ गतेसम्म ‘चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुन लागेको हो ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ सालदेखि ४० बर्षदेखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीता आयोजना गर्दै आइरहेको छ ।

आहा गोल्ड कप -

चैत १७ देखि २८ गते सम्म आहा रारा गोल्ड कपको १९ औं सस्करण पोखरा रंगशालामा सञ्चालन हुदैछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

Bajaj Pulsar Motorcycle Ad
सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर