काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगितामा आयोजक प्रभातेश्वर र ढोरपाटनले जित निकालेका छन् ।
सोमबार भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा ढोरपाटनले एमभीटीसी बीलाई र प्रभातेश्वरले देउराली युवा जागरण क्लबलाई २–० को सोझो सेटमा हराएका हुन् ।
ढोरपाटनले एमभीटीसी बीलाई २५–१५ र २५–१३ को सेटमा पराजित गर्यो । अर्को खेलमा प्रभातेश्वरले देउरालीमाथि २५–७ र २५–१४ को सेटमा जित निकाल्यो ।
ढोरापटनका रमेश खड्का र प्रभातेश्वरका सुनिल महर्जन म्यान अफ दी म्याच चुनिए ।

अन्य खेलमा एमभीटीसी एले मुगु रारा युथ क्लबलाई २५–२३ र २५–१२ को सेटमा हरायो । एमभीटीसीका मिलन चन्द ठकुरी म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा गिताञ्जलीले आर आर कलेजलाई २५–२० र २५–१७ को सोझो सेटमा हरायो । गिताञ्जलीका गणेश बडुवाल म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा फाइभ स्टार युथ क्लबले सिटी स्पोर्टस क्लबमाथि प्रतिस्पर्धात्मक जित निकाल्यो । दोस्रो सेट २१–२५ ले गुमाएपनि फाइभ स्टारले २५–१२ र २५–२२ को सेटमा जित निकाल्यो । फाइभ स्टारका रविन तामाङ्ग म्याच अफ दी म्याच चुनिए ।

समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाईनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा एनभीए कप, प्रधान सेनापति कप, ढोरपाटन कप, प्रथम प्रकाश दाहाल स्मृति कप, प्रदेश स्तरीय प्रतियोगितामा समावेश भईसकेका खेलाडी खेल्न पाउने छैनन् ।