काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगितामा मुगु रारा युथ क्लब र फाइभ स्टार युथ क्लबले विजयी सुरुवात गरेका छन् ।
काठमाडौंको चन्द्रागिरीमा आइतबार भएको खेलमा मुगुले देउराली युवा जाग्राम क्लबलाई २१-२५, २५-२१ र २५-१३ ले पराजित गर्यो ।
अर्को खेलमा फाइभ स्टारले आरआर कलेजलाई २५-१६ र २५-१८ को सेटमा जित निकाल्यो ।
यस्तै श्री शान्त सेकेण्डरी स्कुलले आरजी भलिबल ग्रुपलाई २६-२४ र २५-१६ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
त्यस्तै महाकाल भलिबल क्लबले केएस युवा क्लबलाई २५-१८ र २५-१५ को सेटमा हराएको छ ।

प्रभातेश्वर स्पोर्टस क्लबको आयोजनामा शनिबार सुरु प्रतियोगितामा १६ टिम सहभागी छन् ।
समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाईनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा एनभीए कप, प्रधान सेनापति कप, ढोरपाटन कप, प्रथम प्रकाश दाहाल स्मृति कप, प्रदेश स्तरीय प्रतियोगितामा समावेश भईसकेका खेलाडी खेल्न पाउने छैनन् ।
