एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज साविक विजेता बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।
जर्मन क्लब बायर्नले उसैको मैदानमा एट्लेटिकोसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
एट्लेटिको मैदानमा बायर्न जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
समूह एको बायर्न ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बायर्न च्याम्पियन्स लिगको नकआउट चरणमा समेत पुगिसकेको छ ।
यता, घरेलु टिम भने बायर्नलाई हराएर अन्तिम १६ को यात्रा जीवित राख्न चाहन्छ ।
समूहको दोस्रो स्थानमा रहेको एट्लेटिको ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा लोकमोटिभ मस्कोले साल्जबर्गसँग खेल्नेछ ।