एजेन्सी । रियल मड्रिडका प्लेमेकर इडिन हजार्डले पुन चोट बोकेका छन् । क्लबले हजार्डले पुन थाइमा चोट बोकेको पुष्टि गरेको छ ।
२९ वर्षिया बेल्जियमका कप्तान गत शनिबार आल्भेसविरुद्धको खेलमा ३० मिनेटमात्र मैदानमा उत्रिएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि हजार्डले पहिलो हाफमै मैदान छाडेका थिए । रोड्रिगोले उनलाई स्थानान्तरण गरेका थिए ।
खेलपछि मुख्य प्रशिक्षक जिनेदिन जिदानले हजार्डको चोट गम्भिर प्रकृतिको नभएको आशा ब्यक्त गरेका थिए ।
‘मलाई लाग्छ, मेरो आशा छ, यो सामान्य छ । यो माशंपेशी हुने छैन ।’ उनले भनेका थिए ।

जिदान हजार्डको विषयलाई छल्न खोजिरहेका थिए । योसंगै हजार्डको माशंपेशीमा गम्भिर असर परेको पत्ता लागेको छ ।
रियल मड्रिडले सोमबार गरिएको परिक्षणमा हजार्डको मांशपेशीमा चोट लागेको पत्ता लागेको पुष्टि गरेको छ । हजार्ड कति समय मैदान बाहिर रहन्छन् भन्ने एकिन भएको छैन ।

रियलले ठुलो मूल्यमा हजार्डलाई लण्डन क्लब चेल्सीबाट ला लिगाका लागि अनुबन्धन गरेको थियो । उसले सन् २०१९ मा झण्डै सय मिलियन युरो हजार्डका लागि खर्च गरेको थियो ।
तर हजार्डको डेब्यु सिजननै सुखद रहन सकेन । उनले चोटका कारण निकै ढिलोमात्र ला लिगामा उत्रन पाए । उनले पहिलो सिजन २२ खेल खेल्दै एक गोलमात्र गरेका थिए ।
उनले दोस्रो सिजन समेत चोटका कारण छायाँमा पर्ने देखिएको छ । उनी शनिबार आल्भेसविरुद्ध सिजनको तेस्रो खेलमा मैदान उत्रिएका थिए ।
हजार्डको आगमनले रियल मड्रिडमा रोनाल्डोको अभाव टर्ने क्लबले आँकलन गरेको थियो । चेल्सीमा हजार्डले त्यो स्तरको प्रर्दशन समेत गरेका थिए । तर रियलमा उनी रोनाल्डोको स्थान भन्दा निकै टाढा छन् ।