एजेन्सी । इंग्ल्यान्डको एफए कप फुटबलको तेस्रो चरणको 'ड्र' सार्वजनिक भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले सोमबार राति 'ड्र' सार्वजनिक गरेको हो ।
एफएले सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब लिभरपुलले एस्टन भिल्लासँग खेल्नेछ ।
टोटेनहमले मारिन, लेष्टर सिटीले स्टोक, बर्नलीले एमके डन्स, फुलहमले क्युपीआर र नर्विचले कोभेन्ट्रीसँग खेल्नेछ ।
यस्तै म्यानचेस्टर सिटीले बिर्मिनघम, चेल्सीले मोरेकाम्बे, वेस्ट ब्रुमले ब्लाकपुल र ब्राइटनले न्युपोर्ट काउन्टीसँग खेल्नेछ ।
म्यानचेस्टर युनाईटेडले वाट्फोर्डसँग खेल्दा वेस्ट ह्यामले स्टकपोर्ट काउन्टीसँग खेल्नेछ ।
आर्सनलले न्युकासल, एभर्टनले रोथरहाम, साउथह्याम्पटनले श्रबरी टाउन, उल्भ्सले क्रिस्टल प्यालेस तथा सेफिल्डले ब्रिस्टोल रोभर्ससँग खेल्नेछ ।
एफए कपको तेस्रो चरणको खेलहरु जनवरी ८ देखि ११ सम्म हुनेछ ।