मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

 ओलम्पिक रेकर्ड भङ्ग गर्छु - पार्की

आइतबार, ०७ मंसिर २०७७नमीन ढकाल
 ओलम्पिक रेकर्ड भङ्ग गर्छु - पार्की
Loading ad...
mustang rice ad

काठमाडौं । छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि हात पार्दै टोकियो ओलम्पिकमा छनोट भएका धावक गोपीचन्द पार्कीले आफ्नो लक्ष्य नेपाली म्याराथन इतिहासको कीर्तिमान भङ्ग गर्ने रहेको बताएका छन् ।

विभागीय टिम एपीएफ क्लबका खेलाडी पार्कीले शनिबार नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथनको उपाधि हात पारेका थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारेका पार्कीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए ।

कोरोना महामारीको कारण छनोट प्रतियोगिता हुन नसकेपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसै प्रतियोगितालाई छनोटको माध्यम बनाएको थियो । एनओसीले नेपालगंज म्याराथनको विजेतालाई जापानको ओलम्पिकमा सहभागीता गराउने निर्णय गरेको थियो ।

ओलम्पिकमा छनोट भएपछि खेलपाटीसँग कुरा गर्दै पार्कीले ओलम्पिक प्रतिस्पर्धामा बैकुण्ठ मानन्धरको नाममा रहेको कीर्तिमान तोड्ने लक्ष्य भएको बताए ।

‘आगामी ओलम्पिक छनोटमा सबैको लक्ष्य भनेको उपाधिनै हो । मेरो पनि उपाधि सहित बैकुण्ठ गुरुको नाममा रहेको ३५ वर्षे इतिहास ब्रेक गर्नु हुनेछ,’ पार्कीले भने ।

कीर्तिमानी धावक मानन्धरले अन्तराष्ट्रिय म्याराथनमा निर्धारित दुरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान आफ्नो नाममा राखेका छन् । सन् १९८७ मा उनले बनाएको यस कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

पार्कीले यसै प्रतियोगिताका लागि भनेर विगत लकडाउनमा पनि निरन्तर अभ्यास गरिरहेको र त्यसको प्रतिफल पाएको समेत बताए ।

‘लक डाउनमा राम्रो तयारी भयो । कहिलै ब्रेक भएन । रिजल्ट पनि राम्रो आयो । खुसी छु,’ पहिलो पटक ओलम्पिक छनोट भएका पार्कीले भने ।

पार्की नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) अन्तर्गत ५ हजार मिटर दौड प्रतियोगिताको स्वर्णधारी समेत हुन् । उनले निर्धारित समय १४ मिनेट ५४ दशमलब २० सेकेण्डमा पुरा गरेका थिए । पार्कीले भारतीय खेलाडी सुनिल दवारलाई पछि पारेका थिए ।

पार्कीले समयमै दौड सुरु नहुँदा नेपालगन्ज म्याराथनमा लक्ष्य अनुसारको समय निकाल्न असफल भएको समेत बताए ।

‘नेपालगन्जमा गर्मीले गर्दा समय पनि बढि भयो । खेल ढिला गरि हुँदा घामले अलि समस्या भयो,’ उनले सुनाए ।

पार्कीले अबको समय ओलम्पिकका लागि खर्चने र मानन्धरको कीर्तिमान भङ्ग गर्नेमा आफु आशावादी भएको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन