काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य भोला सिलवाललाई पुत्रीलाभ भएको छ ।
नेपाल पुलिस क्लबका कप्तान समेत रहेका भोलालाई पहिलो सन्तानको रुपमा शुक्रबार पुत्रीलाभ भएको हो ।
विराटनगरमा रहेका भोलाले खेलपाटीसँग कुरा गर्दै छोरी जन्मिएको बताए ।
भोलाले श्रीमती एलिजा आचार्य र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताए ।
राष्ट्रिय टिम बाहिर रहेपनि भोलाले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिएका छैनन् ।
उनले घरेलु फुटबल भने पुलिसबाटै खेलिरहेका छन् ।
