एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले ला लिगा र च्याम्पियन्स लिगको तीन खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङ चोटका कारण डिफेन्डर रामोसले ३ खेल गुमाउने भएका हुन् । रियलले पनि उनले ह्यामस्ट्रिङ चोट बोकेको पुष्टि गरेको छ ।
३४ वर्षीय रामोसले नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्धको खेलमा चोट बोकेका थिए ।
जर्मनीलाई स्पेनले ६-० ले पराजित गरेको खेलको पहिलो हाफमा रामोसले चोट बोकेका थिए ।
अब रामोसले ला लिगामा भिल्ला रियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने छन् ।
रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।
ला लिगामा रियल १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
