एजेन्सी । रियल मड्रिडका अट्याकिङ मिडफिल्डर इडेन हाजार्ड कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
बिहीबार गरिएको परिक्षणमा हाजार्डको रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना मुक्त भएसँगै हाजार्ड रियलको अभ्यासमा फर्किएका छन् ।
हाजार्डलाई भिल्ला रियलविरुद्ध खेल्ने टिममा समेत रियलले समावेश गरेको छ ।
रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।
यस्तै रियलका अर्का खेलाडी इडर मिलिसाओ पनि कोरोना मुक्त भएका छन् ।
मिलिसाओ पनि रियलको अभ्यासमा फर्किएका छन् ।